arrow

भ्रमण वर्ष २०२० लक्षित अवलोकन भ्रमण

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
visit-nepal-year-2020.jpg

पोखरा। नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयले गण्डकी प्रदेशको आन्तरिक भ्रमण वर्ष २०१९ र नेपाल सरकारको नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी पुन हिल पदमार्ग क्षेत्रको अध्ययन एवं अवलोकन भ्रमण आजदेखि शुरु गरेको छ।

बोर्डको पोखरा कार्यालयका अधिकृत गोपाल भण्डारी नेतृत्वको सञ्चारकर्मीसहितको टोलीले बीरेठाँटीदेखि उल्लेरी–घोडेपानी–पुनहिल हुँदै टाढापानी–घान्द्रुकसम्मको पदयात्रा मार्गको स्थलगत अवलोकन भ्रमण गर्न लागेको हो। अध्ययन टोलीले यस क्षेत्रको पदयात्रा पर्यटनको अवस्था, पर्यटकले पाउने गरेका सेवा सुविधा लगायतका विषयमा शुक्ष्म तबरले स्थलगत अध्ययन अवलोकन गर्ने नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले जानकारी दिए।

“गण्डकी प्रदेश सरकारले सन् २०१९ लाई आन्तरिक भ्रमण वर्षका मनाइरहेका अवस्थामा २० लाख पर्यटक भित्राउने लक्ष्यका साथ नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउँदै छ,” उनले भने, “आन्तरिक भ्रमण वर्ष र नेपाल भ्रमण वर्ष दुवैलाई सहयोग पुर्‍याउन पनि अवलोकन भ्रमणले महत्वपूर्ण योगदान गर्नेछ।”

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाअन्तर्गत पर्ने यो पदमार्ग अत्यधिक पर्यटक पुग्ने पदमार्ग हो। यस पदमार्गमा पछिल्लो समयमा बाह्य पर्यटकका साथै आन्तरिक पर्यटकको पनि आकर्षण बढ्दै गएको छ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ