arrow

आईपीएल प्लेअफ समिकरणमा पुरा, नेट रनरेटले खेल्यो खेल

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
ipl-cricket.jpg

काठमाडौं। ईन्डियन प्रिमियर लिगको प्ले-अफ समिकरण पुरा भएको छ। अन्तिम खेलसम्म पुगेर अन्तिम टोलीको टुंगो लागेको छ।

अन्तिम खेल कोलकाता नाईटराइडर्स र मुम्बई ईन्डियन्स बिच एको थियो। कोलकाता जितेमा सिधै प्लेअफमा पुग्ने थियो। तर आफ्नो अन्तिम खेलमा मुम्बई ईण्डियन्ससँग पराजित भएपछि आफ्नो अन्तिम खेल हारेको हैदरावाद सनराईजर्स प्लेअफमा पुगेको थियो।

अन्तिम खेलमा कोलकातालाई मुम्बईले ९ विकेटले पराजित गरेको थियो। निर्धारित २० ओभरमा १ सय ३३ रन बनाएको कोलकातालाई मुम्बईले सहजै पराजित गरेको थियो।

उक्त बिजयसँगै मुम्बई अंक तालिकामा पहिलो स्थानमा उक्लेको थियो। १४ खेल खेलेका टोलीहरुमा १८ अंक सहित मुम्बई पहिलो स्थानमा रहेको छ भने १८ अंकनै ल्याएर चेन्नई सुपर किंग्स दोस्रो र दिल्ली क्यापिटल्स तेस्रो स्थानमा रहेका छन्। १२ अंकका साथ हैदरावाद सनराईजर्स चौथो स्थानमा रहेको छ।

पाँचौं र छैठौं स्थानमा रहेका कोलकाता र पञ्जाबको पनि १२ अंक रहेको छ। नेट रनरेटको आधारमा पहिलो तीन टोलीमा छानिएको थियो। त्यसैगरि बराबर अंक ल्याउँदा पनि नेट रनरेटको आधारमा टोलीहरुको अंक तालिकामा आफ्नो स्थान बनाएका थिए।

मुम्बई र चेन्नईले प्लेअफमा क्वालीफायर्स खेल्नेछन्। जस्मा बिजयी टोली सिधै फाईनल पुग्नेछ भने पराजित टोलीले ईलिमिनेटर खेल्ने दिल्ली र हैदरावादमा बिजयी  टोलीसँग खेलेर फाईनल पुग्नेछ ।

नेपाली क्रिकेटर सन्दिप लामिछानेको टोली दिल्ली क्यापिटल्सले हैदरावादलाई पराजित गरेमा मुम्बई र चेन्नईको बिचमा पराजित टोलीसँग बिजयी भए  फाइनल खेल्ने छ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ