arrow

प्रिमियर लिगमा पहिलो चारको स्थान लगभग पक्का , युनाईटेड बाहिरियो

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
english-premier-league-football.jpg

काठमाडौं। प्रिमियर लिग फुटबलमा पहिलो चार हुने टोलीको लगभग टुंगो लागेको छ। अन्तिम खेल खेल्न बाँकी रहेको अवस्थामा म्यानचेस्टर युनाईटेड चार भित्र पर्ने रेस बाट बाहिरिएको छ।

युनाईटेडले रेलिगसनमा परिसकेको टोली हडर्सफिल्ड टाउनसँग १-१ गोलको नतिजा निकालेर आफुलाई चऔथो स्थानमा पर्नबाट रोकेको थियो। चेल्सीले भने वार्टफोर्डलाई ३-० गोलले पराजित गर्दै आफ्नो च्याम्पियन्स लिग खेल्न स्थान पक्का गरेको थियो।  

यसरी अन्तिम हप्ता अगाडी नै युनाईटेड बाहिरिएर अर्को बर्ष च्याम्पियन्स लिग खेल्नबाट बन्चित भएको छ। चेल्सीले आफ्नो स्थान पक्का गरेको छ। त्यसैगरि टोटेनह्याम स्पर्स पनि लगभग आफ्नो स्थान अन्तिम चारमा राख्न सफल भएको छ।

एक खेल बाँकी रहँदा स्पर्सको ७० अंक रहेको छ  भने आर्सनलको ६७ अक रहेको छ। आर्सनलले जित्दा स्पर्स पराजित भएमा दुवै टोलीको ७० अंक हुनेछ । यो अवस्थामा दुई टोली बिचको गोलमा रहेको फरकले स्थान पक्का गर्ने छ। अहिलेको अवस्थामा स्पर्स ८ गोल फरकले अगाडि रहेको छ।

पहिलो स्थानका लागि अन्तिम हप्तासम्म लाग्ने निश्चित भएको छ। म्यानचेस्टर सिटीको २ खेल बाँकी हुँदा लिभरपुल पहिलो स्थानमा रहेको छ । सिटीले कुनै अंक गुमाएन भने स्वत: बिजयी हुनेछ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ