पार्टी निर्णय बिरुद्ध नेकपा संघर्षमा, बिराटनगर बन्द
प्रकाशित २०७६ वैशाख २३ सोमबार
631
Shares
बिराटनगर। प्रदेश नं १को राजधानी बिराटनगर र संरचना वृहत विराट क्षेत्र विकास अन्तर्गतका इटहरी र सुन्दरहरैचामा बनाउने नेकपाको निर्णय प्रती बिराटनगर नेकपा बिरोधमा उत्रिएको छ।
आफ्नै पार्टीको निर्णय बिरुद्ध अरु राजनीतिक दल र पेशाकर्मीहरुको आन्दोलनमा समर्थन जनाएको छ। उक्त निर्णय प्रति नेपाली कांग्रेस, संघिय समाजवादी, जनता पार्टी लगायत स्थानीय पेशाकर्मी र उद्योगी-ब्यवसायीहरुले बिरोध जनाएका छन्।
ईटहरी र सुन्दरहरैचामा संरचना बनाउने कुरा बिराटनगरबाट राजधानी सार्ने षडयन्त्र रहेको आरोप लगाएका छन्। संघर्षका कर्यक्रममा अनिश्चतकालिन बन्द सहित बिभिन्न बिरोधका कार्यकर्महरु रहेको जनाईएको छ। सबै संरचनाहरु बिराटनगरमै राख्नु पर्ने उनीहरुको माग रहेको छ।
बिराटनगर बन्दका कारण शैक्षिक संस्था बाहेक अरु क्षेत्रमा प्रभाव परेको छ। बजार बन्द छ भने सवारी साधनहरु पनि चलेका छैनन्।