arrow

प्रधानमन्त्री हुँदा पनि घण्टौं लाइन बसेर भोट हाल्ने बाजपेयी, सोमबार लखनउमा जसको अभाव खड्कियो  

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
bajapei-voter.JPG

लखनउ । यो पहिलो लोकसभा चुनाव हो । जुन चुनावमा बीजेपीले आफ्ना 'पितामह' अटल बिहारी वाजपेयी विना नै चुनाव लड्दै छ । सन् २००४ सम्म उनी जतिवेला प्रधानमन्त्री र लखनऊका सांसद थिए । उनी प्रधानमन्त्री भएको बेलामा भएको चुनावमा उनले देखाएको आदर्श चरित्र लखनउबासीहरुले सजिलै विर्सन सक्दैनन् ।  त्यतिबेलाको वाजपेयीका सद्भाव र अगाध प्रेम अझै पनि लखनउबासीको मानसपटलमा ताजै छ । मतदाताहरुको दिलबाट बाजपेयी अझैपनि हट्न सकेका छैनन् । राजनीतिक आस्थाको पछि लाग्दा सबैले वाजपेयीलाई भोट त हाल्न सकेनन् । तर हरेक लखनउबासीको मनमनमा उनले आफ्नो नामेट छाप छाड्न सफल भएका छन् । यद्यपि वायपेयीप्रतिको सद्भाव र उनीप्रतिको शुभेक्षा पार्टी इतरका लखनउबासीहरुमा पनि अटुट रुपमा गढेको देखिन्छ । 

लखनउको हजरतगञ्ज स्थित बिशन नारायण इन्टर कलेज पोलिङ्ग बुथका मतदाताहरु कहिलै भुल्न सक्दैनन् त्यो क्षण जतिबेला वाजपेयी मतदान गर्न आउने गर्दथे र प्रेमील स्वभावमा सबैलाई नमस्कार गर्न पनि भ्याउँथे । उनको नमस्कार केवल चुनावको दिन गरिने नाटकी नमस्कार थिएन । आफ्ना मतदाता होस् या त अन्य पार्टीका कार्यकर्ताहरु नै किन नहुन् । उनको नजरमा सबै बराबर हुन्थे । अझ अशक्त र बृद्धबृद्धा उनको नजरमा अझ विशेष हुन्थे । जसका कारण आश्रयहीन भएका दुखिहरुले वाजपेयीलाई अभिभावकको रुपमा लिने गर्दथे । 

उनका साथ भोट हालिसकेका ७६ वर्षीय एक भोटर अब्दुल अलीम खान बताउँछन्, 'उनी दुबै हात जोडेर मूलद्वारमा उभिएका हुन्थे। जो आउँछ  उसलाई मुस्कुराएर अभिवादन गर्दथे । प्रधानमन्त्री हुँदा समेत उनीसामु सुरक्षा घेरा समेत हुने थिएन । मानिसहरु सजिलैसित बुथको भित्र आउन जान सक्दथे । उनी जब आफ्नो कविता पढ्न सुरु गर्दथे । त्यसपछि सबै मानिसहरु अरु काम छाडेर उनको कविता सुन्न पुग्दथे।' अब्दुल भन्छन् 'जब उनी सबैसँग भेटिसकेपछि बुथमा गएर घण्टौंसम्म लाइनमा बसेर भोट हाल्न जान्थे । उनको त्यो स्वभाव प्रधानमन्त्री हुँदा पनि परिवर्तन भएन । साधारण मानिस जस्तै आफ्नो पालो आएपछि उनी भोट हाल्न जान्थे औलामा लगाइएको चिह्न देखाएर उनी मिडियासँग संक्षिप्त कुराकानी पछि आफ्नो बाटो लाग्दथे ।'  

अर्का एक भोटर राकेश पाण्डेयको घर पोलिङ्ग बुथबाट केही मात्रै दूरीमा छ । उनी पनि हरेक पटक वाजपेयीले भोट हाल्न आएको हेर्ने गर्दथे । उनी भन्छन् 'प्रधानन्त्री भएको बेलामा अटल बिहारी वाजपेयी जब भोट हाल्न आए । उनलाई देखेर म किनारामा हट्न पुगेँ । तर, उनले मलाई रोकेर फेरि लाइनमा नै राखिदिए । त्यतिबला उनले दुबै हात जोडेर भनेका थिए 'आउनुहोस् सँगै बसेर भोट हालौं। के छ तपाईंको खबर ?' 

राकेशको जस्तै कैयौं बुजुर्ग भोटरहरु छन् जो अटललाई उनको सामान्य व्यक्तित्व र एक अलग पहिचानवाला नेताको रुपमा चिन्दछन् । राकेश बताउँछन्, 'आजका राजनेताहरुभन्दा अलग उनको सवारी पनि पोलिङ्ग बुथ भन्दा टाढा नै रोकिन्थ्यो । त्यहाँ देखि उनी पैदल नै बुथसम्म आउँथे । मानिसहरु उनलाई देख्ने वित्तिकै नमस्कार गर्दथे । त्यसको उत्तरमा उनी आफ्नो मीठो मुस्कानका साथमा दुबै हात जोडेर अभिनन्दन फर्काउँथे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ