arrow

मुख्यमन्त्री रनिङ शिल्ड शुरु

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ वैशाख २३ सोमबार
sankhar-pokhrel.jpg

बुटवल । प्रथम मुख्यमन्त्री रनिङ शिल्ड प्रतियोगिता २०७६ बुटवलमा शुरु भएको छ । सामाजिक विकास मन्त्रालय, प्रदेश नं ५ को आयोजना तथा जिल्ला खेलकुद विकास समितिको प्राविधिक संयोजनमा सोमबार देखि बुटवलमा प्रतियोगिता शुरु भएको हो ।

प्रतियोगिताको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले मार्चपास टर्च प्रशिक्षक चन्द्र बहादुर गुरुङलाई हस्तान्तरण गरि उद्घाटन गरेको छन । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारबाट १ सय ९ वटै स्थानिय तहमा पुर्वाधार निमार्ण गर्न बजेट बिनियोजना भएको बताए ।

खेलबाट समाजमा एकताको संदेश सिक्नुपर्ने भन्दै उनले खेलकुदको महत्वलाई सबैले बुझन जरुरी रहेको बताए । खेलकुद पुर्वाधार विकाससंगै प्रतियोगिता आयोजना महत्वपूर्ण पाटो भएको सामाजिक विकासमन्त्री सुदर्शन बरालले बताए । प्रदेश सरकार स्थापनाको पहिलो वर्षबाट नै खेलकुदको प्राथमिकतालाई जोड दिएर कार्यक्रमहरु राखिएको उनले बताए ।
 
प्रदेश खेलकुद विकास समिति प्रदेश ५ का अध्यक्ष भिम वलीले अन्य प्रदेशको तुलनामा पाच नम्बर प्रदेश खेलकुदमा अगाडी रहेको बताए । प्रदेश सरकारले समेत एक पालिका एक खेल मैदान नीतिसहित अन्य धेरै खेलमैत्री कामहरु अघि बढाएको उनले बताए ।

आठौ खेलकुद सफलतापुर्वक सम्पन्न गरेको प्रदेशमा यो प्रतियोगिताले नया र युवा खेलाडीहरुमा हौसला प्रदान गर्ने दाबी गरे । आईटिएफ तेक्वान्दोका बालबालिकाहरुको प्रस्तुतिसंगै प्रशिक्षक चन्द्र बहादुर गुरुङ र खेलाडी प्रताप खवासले शपथ लिएर खेल शुरु भएको थियो ।

कुल पाच विद्याका १३ ईभेन्टका प्रतियोगिता बुटवल मण्डप, प्रहरी तालिम केन्द्र, जिल्ला खेलकुद विकास समितिको हल, बुटवल ब्याडमिन्टन कोर्टमा संचालन भैरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ