arrow

लोकसभाका एक उम्मेदवार : जसको घरमा सुनको धुरी छ, भित्तामा पनि सुनकै पेन्टिङ

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
jayasawal-palace.jpg

नयाँ दिल्ली । भाजपाबाट राजस्थानका पूर्व मुख्यमन्त्री वसुन्धरा राजे सिन्धियाका भतिजा एवं कांग्रेसका वरिष्ठ नेता समेत रहेका स्व। माधवराव सिंधियाका छोरा ज्योतिरादित्य सिंधिया लोकसभा चुनावको छैठौं चरणको सबैभन्दा धनी प्रत्याशी हुन् । उनी मध्य प्रदेशको गुनाबाट सांसद हुन् । अब पाँचौं पटक फेरि उनी लोकसभाको चुनावमा उम्मेदवार बनेका छन् । उनी अहिलेसम्म चर्चामा आएको क्षेत्रमा विधानसभा चुनावमा काँग्रेसले जीत हाँसिल गरेको थियो भने उनी अहिले काँग्रेसबाट चुनाव लड‍्दैछन्। 

उनको नाम मुख्यमन्त्री पदको लागि समेत चर्चा चलेको थियो । सिंधियासँग पैतृक सम्पत्तिमा ४० एकडमा फैलिएको ग्वालियरको जय विलास दरबार रहेको छ । यस महलको वैभव पूरा भारतमा फैलिएको छ । यसको भित्तामा सुनको पेन्टिङ गरिएको छ । राजसी वैभवबाट भरिएको यस महलमा भोजन बाँड्नको लागि चाँदीबाट बनेकफ ट्रेन चल्दछ । 

महलको निर्माण १८७४ मा जीवाजी राव सिंधियाले गराएका थिए । लेफ्टिनेन्ट कर्नेल सर माइकल फिलोजले डिजाइन तयार गरेका थिए सो भवनको । महलको छतमा पनि सुन लगाइएको छ । यसको ४० वटा कोठामा अहिले म्युजियम छ । दरबारमा रोयल दरबार हल समेत छ । जुन १०० फिट लामो ( ५० फिट चौडा र ४१ फिट उचाईको छ । यसको छतमा १४० वर्यदेखि नै ३५०० किलोको दुइवटा झुमर टाँगिएको छ । यसले टाँग्नको लागि इन्जिनियरहरुले छतमा १० हात्तिलाई ७ दिनसम्म त्यहाँ तल उभ्याएर राखेका थिए । 

यी झूमरहरुलाई बेल्जियमका कारिगढहरुले बनाएका थिए । दरबारको डाइनिङ्ग हलमा चाँदीको ट्रेन छ । जसमा खाना बाँड्ने गरिन्छ । १२ लाख ४० हजार ७७१ वर्ग फिटको क्षेत्रमा महल फैलिएको छ । मानिन्छ कि जुन समय यस महलको निर्माण गरिएको थियो । त्यतिबेला यसको मूल्य १ करोड रुपैयाँ थियो । आज यस विशाल र आकर्षक महलको मूल्य मात्रै अर्ब भन्दा बढी छ । 

जयविलास दरबारका अलावा सिंधियासँग महाराष्ट्रमा श्रीगोडामा १९ एकड र लिम्बन गाउँमा ५३ एकड जमिन छ। यसका साथ रानी महल, हिरनवन कोठी, रकेट कोर्ट, शान्तिनिकेतन, सानो विश्रान्ति, विजय भवन, पिकनिक स्पट, बुट बंगला, रेलवे क्यारेज घण्टी घर, इलेक्ट्रिक पावर हाउस रोशनी घर आदि सम्पत्ति रहेको छ । 

यी सम्पत्तिहरुको बजार मूल्य २ अर्ब ९७ करोड रुपये हुन आउछ । सिंधियाले आफ्नो शपथ(पत्रमा बताएकी उनीसँग ३ करोड १ लाख ८७ हजार रुपैयाँ भन्दा बढी एफडीआर, र ३ करोड ३३ लाख रुपये चल सम्पत्ति छ। मनिभास्करबाट अनुवादित

Image result for palace of ज्योतिरादित्य सिंधिया

Related image



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ