arrow

बारुदी सुरुङ विस्फोटमा परी तीन बालबालिकाको मृत्यु

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
dead1.jpg

काबुल ।अफगानिस्तानको पश्चिमी प्रान्त हेरातमा बारुदी सुरुङ विस्फोटमा परी तीन बालबालिकाको मृत्यु हुनुका साथै अन्य दुई घाइते भएका छन् ।

सरकारी स्रोतले सोमबार दिएको जानकारीअनुसार हेरात प्रान्तको गुलरान जिल्लाको चाह ए केहसानी गाउँका तालिबान लडाकू समूहले बारुदी सुरुङ विस्फोट गराएका हुन् । यस घटनामा घाइते भएका बालबालिकालाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ ।  

अफगानिस्तानमा जारी सशस्त्र द्वन्द्वमा परी सन् २०१८ मा ३ हजार ८०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य ७ हजार १८० व्यक्ति घाइते भएको अफगानिस्तानका लागि संयुक्त राष्ट्र सङ्घीय मिसनले जानकारी दिएको छ ।

सन् २०१८ मा भएमा घटनामा ९२७ बालबालिकाको मृत्यु हुनुका साथै २ हजार १३५ बालबालिका घाइते भएका थिए ।सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ