arrow

सिआईएका पूर्वप्रमुख भन्छन्, 'आतंकवादलाई प्रश्रय दिँदा पाकिस्तान बन्दैछ विश्वकै खतरनाक मुलुक ’

logo
प्रकाशित २०७६ वैशाख २३ सोमबार
terrorist1.jpg

काठमाडौं। अमेरिकी गुप्तचर विभागका एक पूर्व वरिष्ठ अधिकारीले पाकिस्तानले आतंकवादलाई प्रश्रय दिएर खतराको बाटो हिँडिरहेको आरोप लगाएका छन्। ती अधिकारीले पाकिस्तानले भारत विरुद्ध आतंकबादको अस्त्र प्रयोग गरेको आरोप समेत लगाएका छन्। अमेरिकी गुप्तचर संस्था सिआईएका पूर्व कार्यकारी निर्देशक माईकल मोरेलले भने ‘पाकिस्तान विश्वमा एकदमै खतरनाक मुलुकको रुपमा देखिन थालेको छ।’ 

‘पाकिस्तान आतंकवादलाई भारत विरुद्ध आफ्नो हतियार बनाउन चाहन्छ।’ माईकलले भने ‘तर, पाकिस्तानले यो कुरा बुझेको छैन कि अहिले आफैंले प्रश्रय दिएको आतंकवादी समूहहरुलाई सधैंभरी आफ्नो नियन्त्रणमा राख्न सम्भव छैन। कुनै न कुनै दिन त्यसले पाकिस्तान आफैंलाई टोक्न पुग्छ। मलाई लाग्छ अन्तमा गएर यही कारण पाकिस्तान विश्वको सबैभन्दा खतरनाक मुलुक बन्न सक्छ।’

मोरेलले थपे ‘आबोट्टावाद आक्रमण जहाँ ओसामा विन लादेन मारिएका थिए। त्यस घटनामा प्रमुख भूमिका कसले खेलेको थियो ?’ लादेन अलकायदाका प्रमुख एवं योजनाकार हुन्। जसले २००१ को सेप्टेम्बर ११ मा अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा आक्रमण गरेका थिए। त्यस्ता आतंककारीलाई पाकिस्तानले संरक्षण गर्दै आएको उनको आरोप छ। बुधबार विश्वको आतंककारी घोषणा गरिएका जैस ए मोहम्मदका प्रमुख मसुद अहजरलाई पनि पाकिस्तानले संरक्षण दिएको भन्दै उनले यो राम्रो नभएको धारणा राखे।

ओवामा सरकारको बेलामा सिआईएका उपप्रमुख समेत भईसकेका मोरेलले पाकिस्तानी अर्थतन्त्रमा देखिएको समस्याका कारण उसले सबैलाई आवश्यक रोजगारी दिन नसक्दा मानिसहरु खराब कामतिर आकर्षित हुने गरेको बताए। अन्य विभिन्न सामाजिक अवस्थाले पनि उनीहरुलाई खराब कामतिर डोहार्याएको उनको बुझाई छ।

मारेलले थप प्रष्ट पार्दै भने ‘यो अतिवाद सामाजिक स्तरबाट नै सुरु हुन थालिसकेको छ। यो विस्तारै सैनिकमा समेत विस्तार हुँदै जान्छ। त्यसैले यो आजै सम्भव नहोला, भोलि नै सम्भव नहोला ५ वर्षसम्म सम्भव नहोला। तर, १० वर्षसम्म पुग्दा पाकिस्तानमा आतंकवादको नयाँ किसिमको रंगीन क्रान्ति सुरु हुन पुग्दछ।’ 

उनी थप्छन्, ‘उनीहरुले अहिले पनि देखिरहेका छन् कि भारत अझै पनि अस्तित्ववादको खतरामा छ। त्यसैले उनीहरु आफ्नो बजेटको ठूलो हिस्सा सैन्य शक्तिमा परिवर्तन गरिरहेका छन् भने धेरै कम शक्ति मात्रै जननिर्वाचित सरकारलाई दिने गरिएको छ।’ पाकिस्तान पनि अहिले धेरै खर्च न्युक्लियर हतियार बनाउनमा खर्चिने गरिएको छ। पाकिस्तानले त्यो हतियारहरु भारतीयहरु विरुद्ध अफगानिस्तानमा समेत प्रयोग गर्ने गरेको आरोप समेत उनको छ। किनकी अहिले अफगानिस्तानमा भारतको प्रभाव बढी देखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ