arrow

मेगनले छोरो पाइन्, ह्यारीले दिए सर्वसाधारणलाई धन्यवाद

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
harry-meghan.jpg

काठमाडौं । बेलायती राजकुमार ह्यारी र राजकुमारी मेगन मर्केलले छोरो जन्माएका छन् । स्थानीय समय अनुसार सोमबार बिहान ५ः२६ बजे मेगनले छोरो जन्माएको ह्यारीले जानकारी दिएका हुन् । 

Notice of birth

ह्यारीले भनेका छन्, ‘एकदमै रोमाञ्चित छौं समर्थनका लागि सर्वसाधारणलाई धेरै धेरै धन्यवाद ’ बच्चाको नाम के राख्ने भन्नेबारे सोचिरहेका छौं ।’

Prince Harry was clearly delighted to be a new father as he discussed the news in an impromptu press conference at Windsor Castle

उनले अगाडि भनेका छन्, ‘मेगन र बच्चा अविश्वसनीय रुपमा ठीक छन् ।’ बकिंघम प्यालेसले बच्चाको तौल ३.२ किलोग्राम रहेको जनाएको छ । 

डेली मेलका अनुसार बच्चा घरमै जन्माउने योजना रहेको थियो मेगनको । तर उनको स्वास्थ्यमा खरावी देखिएपछि लण्डन अस्पताल लगिएको थियो ।

Meghan is pictured at King's College London on March 8

ह्यारी र मेगनको सन् २०१८ मे १९ मा विवाह भएको थियो । अक्टोबर १५ मा केन्सइन्टन दरबारले मेगन गर्भवती भएको जनाएको थियो । 

ह्यारी र मेगनका छोरा वंशावली अनुसार राजा हुने क्रमको सातौं नम्बरमा पर्छन्। ह्यारी र मेगनका छोरा महारानी एलिजावेथ द्वितीयका आठौं पनाति हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ