arrow

युगपुरुषलाई ६ बर्षमै भुल्यो काँग्रेसले

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
Girija-koirala.jpg.jpeg
काठमाडौं । नेपाली कांग्रेसका पुर्वसभापति एवम् लोकतन्त्रीक आन्दोलनका महानायक गिरिजाप्रसाद कोइरालाको निधन भएको आज ६ वर्ष पुरा नहुदै काँग्रेसले उनलाई भुलेको छ । 
 
आज उनको छैठौं स्मृति दिवस भएपनि काँग्रेसले कुनै औपचारिक तथा अनौपचारिक कार्यक्रमको आयोजना गरेको छैन । उनको ८६ बर्षको उमेरमा २०६६ साल चैत ७ गते निधन भएको थियो । 
 
उनीसंग संवन्धीत र काँग्रेससंग संवन्धीत तथा काँग्रेसका सुवेच्छुकहरुले विभिन्न संघ संस्था वा संगठनका नामबाट केही कार्यक्रमको आयोजना गरिएपनि पार्टीले कुनै कार्यक्रम तय नगरेको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।
 
जिपी कोईराला अध्ययन केन्द्रद्धारा दिउसो १ बजे नाँचघरमा कार्यक्रमको आयोजना गरिएको छ । त्यही कार्यक्रममा पार्टीका सभापति शेरबहादुर देउवा, महामन्त्री डा. शशांक कोईराला लगायतका नेताहरु सहभागी हुने भएका छन् । 
 
देशभरी पनि विभिन्न ठाउमा विभिन्न संगठनको आयोजनामा गरिएको पार्टीका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिए । तर पार्टीले औपचारिक रुपमा कुनै कार्यक्रम भने आयोजना नगरेको उनले उल्लेख गरे । पार्टी केन्द्रीय कार्यालय सानेपामा उहाँको फोटोमा माल्यार्पण गर्ने कार्यक्रम रहेको तिवारीले बताए । 
 
स्वर्गिय कोईरालालाई काँग्रेसका मात्रै नेता नमानी सिंङो मुलुककै महानायक, युगपुरुष आदी नामले चिनाउने गरिन्छ । तर अन्य दल तथा सरकारको तर्फबाट उनको संझनाका कुनै कार्यक्रम आयोजना नहुनुलाई अस्वभाविक मानिएको त छ नै, आफ्नै पार्टीले समेत नसंझनु गैरजिम्मेवारपनका रुपमा लिईएको छ । उनको संझनामा पार्टीले औपचारिक रुपमा कुनै कार्यक्रम नगर्दा आम कार्यकर्ताहरुले पनि हिनतावोध गरेका छन् । 
 
उनको सार्थक पहलमा नै सशस्त्र संघर्षमा रहेको एकिकृत नेकपा माओवादी शान्ति प्रक्रियामा सहभागि भई निर्वाचनमा गएको थियो । उनकै नेतृत्वमा माओवादी र सात राजनीतिक दलहरुबीच २०६३ मंसिर ५ गते १२ बुँदे समझदारी भएको थियो।
 
२००३ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनपछि उनी राजनितिमा लागेका हुन् । उनी २०४८ साल जेठ १२ गते नेपालको निर्वा्चित प्रधानमन्त्री बनेका थिए भने २०५३ सालमा सम्पन्न नवौं महाधिवेशनबाट पहिलोपटक नेपाली कांग्रेसको सभापति चयन भएका थिए । २०५७ सालमा उनी दोस्रोपटक पार्टी सभापति चयन भएका थिए । उनकै नेतृत्वमा मुलुकमा २०६२÷६३ मा ऐतिहासिक जनआन्दोलन भएको थियो ।
 
जनआन्दोलनपछि राष्ट्रप्रमुख र सरकारप्रमुख दुवैको कार्यभार सम्हाल्ने मौका पाउने उनी एक मात्र नेपाली नागरिक हुन् । 
 



नयाँ