arrow

राहुल गान्धीमाथि बुथ कब्जाको आरोप

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
rahul-gandhi.jpg

काठमाडौं । भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीमाथि बुथ कब्जा गरेको आरोप लागेको छ । लोकसभा चुनावको पाँचौं चरणमा सोमबार निर्वाचन भएकामा राहुल गान्धी अमेठीबाट उम्मेदवार बनेका हुन् । 

अमेठीकी भाजपा उम्मेदवार स्मृति ईरानीबाट बुथ कब्जाको आरोप लगाइएको हो । 

ईरानीले प्रशासन र चुनाव आयोगलाई अलर्ट गराउँदै ट्वीट गरेकी छिन् । उनले भनेकी छिन्, ‘देशवासीले यो तय गर्नु छ कि राहुल गान्धीको यस तरहको राजनीतिलाई दंडित गर्ने कि नगर्ने ?’

स्मृतिले एक भिडियोसमेत सेयर गरेकी छिन् । त्यसमा एक वृद्ध महिलाले भनेकी छिन् ‘भाजपालाई भोट दिन चाहन्थें तर जवर्जस्ती हात समातेर कांग्रेसलाई भोट हाल्न लगाइयो ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ