arrow

प्रिमियर लिगको उपाधि छिनोफानो अन्तिम खेलबाटै, यस्तो छ समीकरण

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
football15.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलको उपाधि छिनोफानो अन्तिम खेलबाटै हुने भएको छ ।  म्यानचेष्टर सिटी उपाधि नजिक पुगेको छ । सोमबार राति भएको खेलमा लेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै सिटी उपाधि यात्रामा सबैभन्दा अगाडि छ । 

घरेलु मैदान इत्तेहाद स्टेडियममा सिटीलाई जित दिलाउन भिसेन्ट कोम्पानीले ७० औ मिनेटमा निर्णायक गोल गरे ।

Manchester City beat Leicester 1-0 on Monday night thanks to a rare Vincent Kompany goal

यो जितपछि सिटीले दोस्रो स्थानको लिभरपुलसंग एक अंकको अग्रता बनाएको छ । सिटीको ९५ अंक हुँदा लिभरपुलको ९४ अंक छ । 

Striker Sergio Aguero celebrated with Kompany despite having told him not to shoot

अन्तिम खेलबाटै छिनोफानो 
३७ औं चरणका खेल सकिएका छन् । अब अन्तिम चरणका खेलबाटै उपाधिको छिनोफानो हुनेछ । त्यसैगरी तेस्रोदेखि छैटौंसम्मको स्थानको पनि छिनोफानो हुनेछ । 

A laughing Aguero pointed at Kompany and said: 'Vinny, I told you "don't shoot. No Vinny, no!"'

लिगको अन्तिम खेलमा म्यानचेष्टर सिटीले ब्राइटन एन्ड होभ आल्बियनसंग खेल्दैछ । ब्राइटनले रेलिगेशन क्षेत्र टारेको छ । 

Pep Guardiola, pictured celebrating Kompany's superb goal, said: 'He made a good decision'

त्यसैगरी लिभरपुलले घरेलु मैदानमा सातौं स्थान सुरक्षित गरेको उल्भरह्याम्पटन वान्डेरर्ससंग खेल्दैछ । 

तेस्रो स्थानको चेल्सीको ७१ अंक छ । चौथो स्थानको टोटनह्यामको ७० अक छ । पाँचौं स्थानको आर्सनलको ६७ तथा छैटौं स्थानको म्यानचेष्टर युनाइटेडको ६६ अंक छ । 

अन्तिम चरणको खेलमा चेल्सीले लेस्टर सिटीसंग खेल्नेछ । टोटनह्यामले एभर्टनसंग तथा आर्सनलले बर्नलीसंग खेल्दा म्यानचेष्टर युनाइटेडले कार्डिफ सिटीसंग खेल्दैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ