arrow

महिला आइपिएलः पहिलो खेलमा दुई रनले जित्यो ट्रेलब्लेजर्सलाई

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
trailblazers.jpg

काठमाडौं । महिला आइपिएल टी–२० क्रिकेट सोमबारदेखि सुरु भएको छ । उद्घाटन खेलमा टे«लब्लेजर्सले २ रनको रोमाञ्चक जित निकालेको छ । 

जयपुरमा भएको खेलमा ट्रेलब्लेजर्सले पहिले ब्याटिङ गर्दै कप्तान स्मृति मन्धानाको शानदार प्रदर्शनले ५ विकेटको नोक्सानीमा १४० रन बनायो । 

मन्धानाले ६७ बलमा ३ छक्काको मद्धतले ९० रन बनाइन् । त्यस्तै हरलिन देओलले ३६ रन बनाइन् । 

अरु कसैले दोहोरो स्कोर जोडेनन् । 

सामान्य लक्ष्य पछ्याएको सुपरनोभासले ६ विकेटको नोक्सानीमा १३८ रन बनायो । कप्तान हरमन प्रित कौरले ३४ बलमा नटआउट ४६  तथा डेभाइनेले २२ बलमा ३२ रन बनाए पनि टिमलाई जिताउन सकिनन् । 

बुधबार ट्रेलब्लेजर्सले भेलोसिटीसंग खेल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ