arrow

जम्बो टोली बोक्दै प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
kp ili.jpg.jpeg
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आठ दिने औपचारिक चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चीनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा ८ दिने चीन भ्रमणमा निस्केका प्रधानमन्त्री ओलीसंग ८८ सदस्यीय जम्बो टोली सहभागि छ । आइतबार बिहान हिमालयन एयरलाइन्सको विमानबाट प्रधानमन्त्री ओली बेइजिङ प्रस्थान गरे । 
 
भ्रमण टोलीमा ओलीका साथमा धर्मपत्नी राधिका शाक्य, उपप्रधान एवं परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, व्यवस्थापिका–संसद् सदस्य, मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, उद्योगी–व्यापारी र केही संचारकर्मी सहभागि छन् । 
 
चीन बसाइका क्रममा प्रधानमन्त्री ओलीले चीनियाँ राष्ट्रपति छि जिनपिङसंग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । ओली चीनको जनबृहत् प्रेक्षालयमा आयोजना हुने स्वागत समारोहमा चैत ८ गते सरिक हुने र त्यपछी मात्रै समकक्षी लीसंग भेटवार्ता गर्ने कार्यतालिका छ । औपचारिक भेटपछि मात्रै  दुई देशबीच द्विपक्षीय सम्झौता र समझदारी हुनेछ । चैत ८ गते नै प्रधानमन्त्री लीले प्रधानमन्त्री ओलीसहित नेपाली प्रतिनिधिमण्डलको सम्मानमा गर्ने दिवाभोजमा सरिक हुने कार्यक्रम छ । 
 
प्रधानमन्त्रीले ‘चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स’का अध्यक्ष यु झेङसेङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ विषयको कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । 
 
उनको उपस्थितिमा साङ्घाइ सहयोग सङ्गठन (एससिओ) को संवाद साझेदारी प्रदानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । साथै प्रधानमन्त्री ओलीले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्मा नेपाली र चिनियाँ व्यापारीको उपस्थितिमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।  
 
प्रधानमन्त्री ओली चीनका लागि नेपाली राजदूत महेश मास्केले चैत ९ गते बेइजिङस्थित नेपाली दूतावासमा आयोजना हुने स्वागत भोजमा सरिक हुनेछन् । सोही समारोहमा सञ्चारकर्मीसँग अन्तक्र्रिया गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा आयोजना हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्य : नवीन आयाम, नवीन दृष्टिकोण’ विषयको सम्मेलनलाई चैत ११ गते सम्बोधन गर्ने छन् । सोही दिन अपराह्न सान्याको नान्सान उद्यानस्थित नेपालमण्डपको भ्रमण गर्ने कार्यक्रम छ । 
 
सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियानमा प्रान्तीय एवम् नगरपालिकाका नेतालाई भेट्नाका साथै व्यापारी समुदायलाई सम्बोधन गर्ने कार्यक्रम छ । भ्रमणको सिलसिलामा उहाँले सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनःनिर्माण र जलविद्युत् आयोजनाको अवलोकन गर्ने छन् । प्रधानमन्त्री ओलीको प्रतिनिनिधिमण्डल चैत १४ गते छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ