arrow

मोदीलाई आठौंपटक मिल्यो राहत

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
modi-narendra.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आठौं पटक राहत पाएका छन् । चुनाव आयोगले थप दुई वटा विषयमा क्लिन चिट दिएपछि उनले आठौं पटक चुनाव सम्बन्धी आचारसंहिता काण्डमा राहत पाएका हुन् । 

काँग्रेसले गत अप्रिल २३ तारिखमा अहमदावादमा रोड शोका क्रममा मोदीले आचार संहिता उल्लंघन गरेको आरोपल लगाएको थियो । 

तर चुनाव आयोगले मोदीले चुनाव कानूनको कुनै उल्लंघन नगरेको निष्कर्ष निकालेको हो । 

आयोगले गत अप्रिल ९ मा कर्नाटकको चित्रदुर्गमा दिएको भाषण पनि आचार संहिता विपरित नभएको जनाएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ