arrow

प्रदेश ५ : आर्थिक बृदिदर र बित्तिय प्रगतीमा अगाडी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ वैशाख २४ मंगलबार

बुटवल । प्रदेश नम्बर ५ को आर्थिक बृदिदर बढेको पाईएको छ । आर्थिक बृदिदर अन्य प्रदेशको भन्दा बढि ७ दशमलब ३७ प्रतिशत रहेको पाईएको प्रदेश ५ सरकारका प्रबक्ता मन्त्री बैजनाथ चौधरीले बताएका छन् ।

केन्द्र सरकारको योजना आयोगले नै प्रदेश ५ को आर्थिक बृद्विभएको जानकारी दिएको उनले बताए । म्रगलबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकपछि पत्रकार संग कुरकानी गर्दै सरकारका प्रबक्ता मन्त्री चौधरीले अहिले प्रदेशमा लगानी भित्रिरहेको अवस्था रहँदा आर्थिक बृदिदर अन्य प्रदेशभन्दा बढि भएको हुन सक्ने उल्लेख गरे ।

प्रदेश ५ सरकारले लगानी मैत्री वातावरण सिर्जना गरेको भन्दै सेवामुलक क्षेत्रमा लगानी बढेको हुन सक्ने उनको भनाई छ । उनले कृषि, उद्योग, सेवा तथा पर्यटनको क्षेत्रमा लगानी बढेको अनुमान गर्न सकिने उनको भनाई छ । प्रदेशमा लगानीको बताबरण बनेको बताउँदै लगानीकर्ता पनि प्रदेश ५ मा लगानी गर्न तयार रहेको र प्रदेशले सहयोग र संरक्षण गर्छ भन्ने सोचले पनि लगानी बढेको हुनसक्ने उनको भनाई  छ ।

प्रदेश ५ मा बित्तिय प्रगती अन्य क्षेत्रको तुलनामा बढेको पाईएको छ ।अन्य प्रदेशको बित्तिय प्रगती २०  प्रतिशत पनि नपुग्दा प्रदेश लेखा नियन्त्रण कार्यालयको रिपोर्ट अनुसार हेर्दा प्रदेश नम्बर ५ को बित्तिय प्रगती २५ प्रतिशत पुगेको पाईएको हो ।

साथै प्रदेश ५ अन्य प्रदेशले भन्दा धेरै बिधेयकहरु पारित, प्रमाणिकरण लगायतका कार्यहरु गरेको तथा कर्मचारी संयोजन भएपनि असार मसान्त सम्म कुनै पनि कर्मचारी परिवर्तन नगर्दा प्रदेश अन्य प्रदेशभन्दा अगाडी रहेको पाईएको निष्कर्ष समेत निकालिएको हो ।

प्रदेश नम्बर ५ र चिनको ग्यान्सु प्रान्तबिच सांस्कृतिक र पर्यटकिय सहयोगका लागि समझदारी गर्ने सहमती गर्ने निर्णय गरेको छ । चिनको ग्यान्सु प्रान्तका गभर्नर ले सांस्कृतिक तथा पर्यटकिय बिषयमा सहयोगका लागि पत्र आएको र दुई प्रदेशबीच समझदारी गर्ने सम्बन्धमा स्वीकृतीका लागि पेश भएको प्रस्ताव प्रदेश मन्त्रीपरिषद बैठकले समझदारी गर्ने स्वीकृति प्रदा गरीएको हो ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ