arrow

कात्तिकदेखि बन्द जुम्ला विमानस्थल बुधबारबाट सञ्चालन हुदै

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
jumla-airport2.jpg

जुम्ला । बन्द जुम्ला विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने भएको छ । बाँकी रहेको स्तरोन्नति र मर्मतसम्भार गर्न २० दिनका लागि विमानस्थल बन्द गरिएको थियो । धावनमार्गको बाँकी रहेको स्तरोन्नति र मर्मतसम्भारका लागि यही वैशाख ५ गतेदेखि विमानस्थल बन्द गरिएको हो ।

गत कात्तिक ८ गतेदेखि विमानस्थल बन्द गरी स्तरोन्नतिको काम भएको थियो र त्यसको बाँकी काम सम्पन्न गर्न २० दिन बन्द भएको विमानस्थल बुधबारदेखि सञ्चालनमा आउने विमानस्थल प्रमुख कैलाश शर्माले बताए । बन्द गरिएको विमानस्थलको काम समयमै सम्पन्न भएकाले बुधबारदेखि सञ्चालनमा आउने भएको छ । उनले भने, “विमानस्थलको धावनमार्ग र पार्किङतिर घाँस उम्रनेदेखि पहिले गरेको कालोपत्र उप्किसकेकाले स्तरोन्नति गर्नु परेको हो ।”

विसं २०४० देखि जुम्ला विमानस्थल मर्मतको काम हुन सकेको थिएन । विमानस्थलको कालोपत्र उप्किएको, घाँस उम्रिएर जहाज अवतरण गर्न र उडान भर्न समस्या हुने गरेको थियो । यहाँ तारा, सीता, समिट र नेपाल एयरलाइन्सका जहाजले उडान भर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ