arrow

अमेरिका र चीनको तनावले विश्वभर आर्थिक स‌ंकट निम्तन सक्ने आइएमएफको चेतावनी 

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
US_China_Trade_War.jpg

पेरिस । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमफ) को अध्यक्ष एवं प्रबन्ध निर्देशक क्रिस्टिन लेगार्दले मंगलवार अमेरिका र चीनकोबीच व्यापार तनाव विश्व अर्थव्यवस्थाका लागि सबैभन्दा खतरा रहेको बताएका छन् । पेरिसमा एक सम्मेलनको  क्रममा लेगार्दले पत्रकारहरुसँगको कुराकानीको क्रममा, ‘स्पष्ट रूपले अमेरिका तथा चीनकोबीच भइरहेको तनाब दुनियाँको अर्थव्यवस्थाका लागि खतरा रहेको बताएका हुन् ।’ उनले ताजा ‘अफवाह र ट्वीट-सन्देश’ बाट दुबै देशबीच कुनैपनि व्यापार सम्झौता हुने सम्भावना कम भएको छ। 

राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार ट्विटरमा सन्देश दिएर वैश्विक बजारलाई झटका दिएका थिए । उनले चीनसँग आयातित २०० अर्ब डलरको वस्तुमाथि शुल्कको दर मौजूदा १० प्रतिशतबाट बढाएर २५ प्रतिशत गरिनेछ । पेरिस फोरमको यस कार्यक्रममा फ्रान्सको आर्थिक मामलाका मन्त्री ब्रुनो ले मायरेले दुनियाँको दुई ठूला अर्थव्यवस्थाको बीच व्यापार युद्धको प्रभावहरुलाई लिएर चिन्ता व्यक्त गरे । मन्त्रीले भने, ‘हामी चीन र अमेरिकाकोबीच जारी छलफलमाथि हेरिरहेका छौं । हामी चाहन्छौं कि दुबैले देश पारदर्शिता र बहुपक्षवादको सिद्धान्तको सम्मान गरुन् ।’

अर्को तर्फ अमेरिकी प्रशासनले चीन व्यापार र सम्बन्धित मुद्दामाथि आफ्नो प्रतिबद्धताहरुबाट पछि हटिरहेको आरोप लगाएको छ । प्रशासनले अमेरिका चीनसँग आयातित २०० अरब डालरको उत्पादनमाथि शुक्रवारबाट उच्च दरसँग शुल्क लगाउने योजनामाथि कदम उठाइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार ट्विटरमा लिखा लेखेका थिए 'चीनसँगको व्यापारमा अमेरिकालाई ५०० अर्ब डलरको नोक्सानी भइरहेको छ । अब म त्यसो हुन दिने छैन।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ