arrow

विश्वकप क्रिकेट २०१९: यी १० कप्तानमाथि हुनेछ विश्वको नजर

logo
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
ICC-world-cup-2019-captains.png

काठमाडौं । ३० मे देखि शुरु हुन गइरहेको १२ औं आईसीसी क्रिकेट विश्वकप २०१९ शुरु हुँदैछ । यो विश्वकपमा फ्यानहरु आफ्ना प्रमुख खेलाडी विषयमा चासो बढेको छ । यसकबो लागि उल्टो गन्ती पनि शुरु भइसकेको छ । यस्तोमा यहाँ विश्वकपका १० टोलीका कप्तानबारे यहाँ केही वर्णन गरिएको छ ।

१. विराट कोहली (भारत)
विराट कोहलीले यसपटकको विश्वकपमा भारतको कप्तानी सम्हाल्नेछन् । विश्वकपमा उनको यो पहिलो कप्तानी हो । यसअघि महेन्द्रसिंह धोनीले सन् २०११ को विश्वकप जिताएका थिए । विराटले ७७ टेस्ट, २२७ वान डे र ६७ टी२० खेलेका छन् । टेस्टमा ६ हजार ६१३  र वान डेमा १० हजार ८४३ रन बनाएका छन् ।

२. इयोन मोर्गन (इंगल्याण्ड)
२० वर्षपछि पुनः क्रिकेट विश्वकप इंगल्याण्डमा हुन गइरहेको छ । यसअघि सन् १९९९ मा उसले विश्वकप क्रिकेट आयोजना गरेको थियो । यसवर्ष इंगल्याण्डको टोलीको कप्तानी इयोन मोर्गानले गर्दैछन् । चारपटक विश्वकप प्रतियोगिता आयोजना गरिसकेको इंगल्याण्डलाई यसपटकको उपाधिको प्रबल दाबेदार मानिएको छ । मोर्गानले आफ्नो टोलीका लागि १६ टेस्ट २१७ वान डे र ८१ टी२० खेलेका छन् । मोर्गानले वान डेमा ६ हजार ८१३ रन बनाएका छन् ।

३. आरोन फिन्च (अष्ट्रेलिया)
पाँचपटकको विश्वकप विजेता अष्टेलिया अहिले छैठौंपटक विश्वकप उपाधि हासिल गर्ने दिशामा अघि बढिरहेको छ । यो टोलीको कप्तानी आरोन फ्रिन्चले गर्नेछन् । फिन्चले अष्ट्रेलियाका लागि ५ टेस्ट, १०९ वानडे, ५२ टी२० खेल खेलेका छन् । उनले वानडेमा ४ हजार ५२ रन बनाएका छन् ।

४. फाफ डु प्लेसिस (दक्षिण अफ्रिका)
दक्षिण अफ्रिका अहिले पहिलोपटक विश्वकपको उपाधिको हासिल गर्ने दाउमा छ । त्यसका लागि यो टोलीको कप्तानी फाफ डु प्लेसिसले गर्नेछन् । उनले आफ्नो टोलीका लागि ५८ टेस्ट १३४ वान डे र ४४ टी२० खेल खेलेका छन् । टेस्ट क्रिकेटमा उनले ५ हजार १२० रन बनाएका छन् ।

५. केन विलियम्सन (न्युजिल्याण्ड)
अघिल्लो विश्वकपको फाइनलमा पुगेको टोली यसपटक केन विलियम्सनको कप्तानीमा विश्वकप उपाधिको खोजीमा रहनेछ । विलियम्सनले न्युजिल्याण्डको लागि ७२ टेस्ट १३९ वान डे र ५७ टी२० खेलेका छन् । वानडे मा उनले ५ हजार ५५५ रन बनाएका छन् भने टेस्ट क्रिकेटमा उनको नाममा ६ हजार १३९ रन छ ।

६. सरफराज अहमद (पाकिस्तान)
१९९२ को विश्वकप च्याम्पियन पाकिस्तानको आँखा दोस्रोपटक विश्वकप उपाधि जित्ने दाउमा रहेको छ । उसले सन् १९९२ मा इंगल्याण्डलाई हराउँदै पाकिस्तानले उपाधि जितेको थियो । यसपटक पाकिस्तानको टोलीमा सरफराज अहमदले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । उनले ४९ टेस्ट, १०१ वानडे र ५५ टी२० खेलेका छन् । उनले टेस्टमा २ हजार ६५७ र वानडे मा १ हजार ९४२ रन बनाएका छन् ।

७. जोसन होल्डर (वेस्ट इन्डिज)
वेस्ट इन्डिज पनि यसपटक तेस्रो उपाधिको खोजीमा रहनेछ । यो टोलीमा जोसन होल्डरले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । उनले टोलीका लागि अहिलेसम्म ३७ टेस्ट, ८९ वानडे र ११ टी२० खेल खेलेका छन् ।

८. माशरफे मोर्ताजा (बंगलादेश)
अहिलेसम्म बंगलादेश विश्वकपको सेमिफाइनलमा पुग्न सकेको छैन । तर, यो टोलीले ठूला भनिएका टोलीलाई विश्वकपबाट बाहिर राख्नका लागि भने ठूलो भूमिका निर्वाह गरेको छ । यसपटक यो टोलीको कप्तानी माशरफे मोर्ताजाले गर्नेछन् । उनले बंगलादेशका लागि ३६ टेस्ट, २०५ वानडे र ५४ टी२० खेल खेलेका छन् ।

९. दिमुथ करुणरत्ने (श्रीलंका)
श्रीलंकाका लागि केवल ६० टेस्ट र १७ वानडे मात्र खेलेका दिमुथ करुणारत्नेलाई श्रीलंकाले कप्तानीको जिम्मेवारी दिएको छ । यो टोली विश्वकपको दोस्रो उपाधिको खोजीमा छ । अब उनले अफ्नो टोलीलाई कहाँसम्म पुर्‍याउनसक्छन् भन्ने कुरा हेर्न बाँकी छ ।

१०. गुलाबदिन नाइब (अफगानिस्तान)
यसपटक पहिलोपटक विश्वकपमा भाग लिइरहेको अफगानिस्तानको टोलीको कप्तानी गुलाबदिन नाइबले गर्नेछन् । टोलीका राशिद खान, मोहम्मद शहजादजस्ता खेलाडी विपक्षी टोलीलाई राम्रो चुनौती दिन सक्छन् । नाइबले टोलीका लागि ५१ वान डे र ३८ टी२० खेल खेलेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ