arrow

नाइजेरियामा तेल ट्यांकरमा विष्फोट, ५५ को ज्यान गयो 

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख २४ मंगलबार
naigeria1.png

काठमाडौं । नाइजेरियामा एक तेल ट्यांकरमा विष्फोट भएको छ । यो घटनामा कम्तीमा ५५ जनाको ज्यान गएको छ भने ३७ जना मानिसहरु  घाइते भएका छन् । 

सीएनएनका अनुसार विष्फोट पश्चिम अफ्रिकी देशको राजधानी नियामेको विमानस्थलतर्फ आउने सडकमा आइतवार भएको हो । मानिसरुहरु पल्टिएको ट्रकबाट तेल निकालिरहेको बेलामा विष्फोट भएको र मानिसहरुको ज्यान गएको अधिकारीले बताएका छन् । 

राष्ट्रपतिले पनि ट्वीटबाट यो घटनाको जानकारी दिएका छन् । उनले अस्पतालमा पुगेर घाइतेसँग भेटघाट गरेका थिए । उनले यो घटना निकै त्रासदीपूर्ण रहेको बताएका थिए । 

उनले शोक सन्तप्त परिवारप्रति आफ्नो संवेदनशीलता व्यक्त गरेका थिए । उनले मृतकको आत्माको शान्तिको कामना गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ