arrow

राष्ट्रिय स्वाभिमान उचो राख्न समुदाय बिच एकताको खाँचो : मानवअधिकारकर्मी पहाडी

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
index.jpg.jpeg
बिराटनगर । राष्ट्रिय स्वाभिमान उचो राख्न समुदायहरु बिच सुमधुर सम्बन्धका साथै शत्रुता बिहिन आचरणको बिकास र बिस्तार अत्याबश्यक भएको शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले बताएका छन् । स्वाभिमान अभियानका क्रममा बिराटनगर पुगेका मानब अधिकार तथा शान्ति समाजले आयोजित कार्यक्रम सम्बोधन गर्दे पहाडिले यो कुरा बताएका हुन् ।
 
शान्ति अहिंसा, राष्ट्रिय स्वाभिमान ,एकता, सद्भाब र आत्मसम्मान भन्ने नारा सहित स्थानीय ट्राफिक चोकमा आयोजित जागरण सभामा बोल्दै कुनै पनि आन्दोलन हिसांत्मक बन्नु नहुने र राज्यले दमनको होईन संबादकै माध्यमबाट समाधान खोज्नुपर्ने कुरामा जोड दिएका थिए ।
 शान्तिको लागि समाजले थालेको यो अभियानले सबैलाई जोड्न मद्दत पुग्ने बिश्वास नेपाली काँगे्रसका नेता तथा सांसद महेश आचार्यले  ब्यक्त गर्नुभयो । कार्यक्रममा नेकपा एमालेका नेता तथा सासंद लालबाबु पण्डितले राष्ट्रिय स्वाभिमानका पक्षमा आफु सदैब अग्र पंक्तिमा उभिएको बताउदै शान्ति समाजको यो अभियान समसामयिक र महत्वपूर्ण रहेको धारणा ब्यक्त गरे ।
 
सांसद अमृत अर्यालले लोकतान्त्रीक पद्दतिमा सबै समस्याको समाधान शान्ति पूर्ण तबरले खोजिनुपर्नेमा जोड दिएका थिए ।  कार्यक्रममा बोल्दै सघिय समाजबादी फोरमका नेता तथा पूर्ब सांसद जयराम यादबले राज्यले गरेका ज्यादति बिरुद्द अझ सक्रिय हुन मानब अधिकारबादिहरुलाई आग्रह गरे ।
 
सभामा समाजका केन्द्रिय कोषाध्यक्ष रेणुका पौडेल, पत्रकार महासंघका जिल्ला सभापति महेन्द्र बिष्ट, जिल्ला बारका अध्यक्ष बिनयराज पाण्डे, अधिकारकर्मीहरु नारायणबाबु कार्की, सोमराज थापा र भिम पराजुलीले समेत शान्तिको लागि सुरु गरिएको यो अभियानमा सबैको साथ जरुरी देखिएका बताएका छन् । राष्ट्रिय स्वाभिमानका पक्षमा कबिहरु सुदेश सत्याल, मधु पोखरेल, शिबनारायण पण्डित, हरि कटेल, मेनका चापागाई र मञ्जु श्रेष्ठले  कबिता र गायक सुमित खड्काले गीत प्रस्तुत गरेर अभियानमा रनक थपेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ