arrow

‘मज्दुरका नेता गिरिजाबाबुलाई कांग्रेसले बिर्सन हुँदैन’

logo
कुमोद अधिकारी,
प्रकाशित २०७२ चैत ७ आइतबार
Girija-koirala.jpg.jpeg
विराटनगर ।  कांग्रेस केन्द्रीय सदस्य नेतृ सुजाता कोइरालाले मजदुहरुको हकहित स्थापित गर्न कांग्रेस प्रतिवद्ध भएर लाग्नुपर्ने बताएकी छन् । जीपी फाउण्डेशन विराटनगरले विराटनगरस्थित कोइराला निवासमा आयोजना गरेको ट्रेड युनियन पुरस्कार वितरण समारोहमा नेतृ कोइरालाले यस्तो बताएकी हुन् । 
 
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला स्वयं मजदुर नेता रहेको र नेपाली काँग्रेसलाई मजदुरहरुले कांग्रेसको उदयदेखि नै साथ दिँदै आएकाले उनीहरुको हकहितका पक्षमा काँग्रेस प्रतिवद्ध भएर लाग्नुपर्ने नेतृ कोइरालाको धारणा छ ।  नेतृ कोइरालाले जारी संविधानलाई कार्यान्वयन गर्न र गणतन्त्रलाई संस्थागत गर्न सवै दलहरु मिलेर अघि बढ्नुपर्ने समेत बताइन् । 
 
संविधानको कार्यान्वयन र गरिबी निवारणतर्फ सवै दलहरु केन्द्रित हुनुपर्ने र यसका लागि नेपाली काँग्रेसले नेतृत्व लिनुपर्ने विषयमा कोइरालाले जोड दिइन् । प्रजातन्त्र स्थापनामा दिवंगत युग पुरुष गिरिजाबाबुको अभुतपुर्व योगदान रहेको स्मरण गर्दै कोइरालाले उनको सपना साकार पार्न सबै प्रतिबद्ध हुनुपर्ने समेत बताइन् । 
 
नेपाल ट्रेड युनियन काँग्रेस पूर्वाञ्चल समितिका अध्यक्ष नारायणबावु कार्की जीपी कोइराला ट्रेड युनियन पुरस्कारबाट सम्मानित भएका छन् । नेतृ कोइरालाले कार्कीलाई १० हजार रुपैंयासहित सम्मानपत्र र दोसल्ला ओढाई सम्मान गरेकी हुन् ।  नाटक विधाका अन्य कलाकारहरु समेत सम्मानित भए ।
 
नेपाली काँग्रेस मोरङका सभापति एवं साँसद् डिगबहादुर लिम्बूले मजदुरहरुको आन्दोलनलाई गिरिजाप्रसाद कोइरालाले नेतृत्व गरेको उल्लेख गर्दै मजदुरको हितका लागि काँग्रेस अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए । सांसद अशोक कोइरालाले ट्रेड युनियनको माग पुरा गर्न संसदमा आवाज उठाउनुपर्ने धारणा राखे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ