arrow

'फानी' नामक सामुद्रिक आँधीका कारण १६३ घाइते

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
fani1.jpg

भुवनेश्वर । भारतको उडिसा राज्यको भुवनेश्वर र पुरीमा जारी सामूद्रिक आँधी ‘फानी’का कारण एकसय ६३ जना घाइते भएका छन् ।
 
पुरीमा एकसय ६० र  भुवनेश्वरमा तीन जना घाइते भएका छन् ।  घाइतेहरुलाई उपचारका क्रममा अस्पताल भर्ना गरिएको राज्यको आकस्मिक सेवा केन्द्रले जानकारी दिएको छ ।

यस आँधीका कारण पसलहरु र पुरीमा रहेका मोबाइल फोन लगायत अरु सबै सञ्चार सम्पर्क अबरुद्ध भएको छ ।

उडिसाको पुरी, गान्जाम, कटाक र बालासोरे जिल्लामा करिब १४ लाख १८ हजारलाई फानी प्रभावित स्थानबाट सारी अन्यत्रै लगिएको छ । पुरीमा गत शुक्रबारदेखि फानीको प्रकोप शुरु भएको थियो । एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ