arrow

बझाङ कांग्रेसको समिक्षा : आन्तरिक कारणले पराजय

पार्टीमा गटउपगुट नगर्न कार्यकर्ताको सुझाव

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७६ वैशाख २५ बुधबार
congress_bajhang_photo_(3).jpg

बझाङ । बझाङ जिल्लामा नेपाली कांग्रेसले प्रतिनिधी सभा सदस्य , प्रदेश सभा सदस्य र स्थानीय तहमा पराजय हुनका पछाडी आफ्नै पार्टी भित्रको नेताहरुको गुटबन्दी, अन्तरघातका कारणले पराजय हुनुपरेको निष्कर्ष निकालेको छ ।

तीनै तहको निर्वाचनपछि र अन्य पछिल्ला समयमा पार्टी पंतिमा भएका बैठक, भेला र समिक्षाबाट नेपाली कांग्रेस बझाङले पार्टीलाई जनताहरुको साथ समर्थन भएको तर आफ्नै कारणले चुनावमा उपयुक्त रणनिती तयार गर्न नसक्दा पराजय भोगेको निष्कर्ष निकालेको हो ।

जिल्ला तहका पार्टीका शिर्ष नेताहरुको  गुटगत राजनीति, अधिकाशं समय काठमाण्डौमा बस्ने जिल्लामा संगठन नबनाई चुनाव लड्दा मात्र जिल्ला आउने भएका कारण पराजय भोगेको कार्यकर्ताहरुको भनाई छ ।

बुधबार नेपाली कांग्रेस बझाङले राष्ट्रिय जागरण अभियान सुचारु गर्न जिल्लामा पार्टी नेता कार्यकर्ता जनप्रतिनिधी सहित शुभेच्छुक संगठनका प्रतिनिधी सहितको बैठकमा पनि पार्टी भित्रको आन्तरिक गुट उपगुटलाई त्यागेर नयाँ शिराबाट कांग्रेसले राजनीतिको सुरुवात गर्नुपर्ने सुझाव समेत दिएका थिए । बझाङ जिल्लामा कम्युनिष्ट पार्टीका नेता भन्दा कांग्रेसका नेताहरु उमेरले पनि जेष्ठ भएका र लामो समयसम्म राजनीतिमा लागेर सक्षम योग्य हुदाहुदै पनि पछिल्लो चरणमा राजनीति संगठन गर्दै आएका कम्युनिष्टहरु बढदै जानुका पछाडी कांग्रेसी नेताहरुको राजनीति गर्ने शैली हैकमबादी भएको, जनअपेक्षा चाहना अनुसार काम नगरेको कार्यकर्ता तथा  नेबिसंघका बिद्यार्थी नेता उमेश जेठाराले गुनासो राखे ।

उनले भने  “ सबैजसो नेता काठमाडौंमा बस्ने र चुनावको बेलामा मात्र जिल्लामा आउने बर्तमान अबस्थामा कांग्रेसले नयाँ ढंगले जानु पर्यो” ।  कांग्रेसले एक महिनासम्म सञ्चालन हुने राष्ट्रिय जागरण अभियानमा जिल्लाका १२ वटै स्थानीय तह स्तरिय, निर्वाचन क्षेत्र स्तरिय, जिल्ला स्तरियमा संगठन सुद्धिकरण, प्रशिक्षण, कार्य समितीहरुको सस्थागत बिकास, भातृ संघ संगठनहरुको क्षमता बिकास सहित पार्टीलाई चलायमान बनाउन भएको छ ।

यसका साथै शुभेच्छुक ब्यक्ति , संगठनहरुबाट राय सुझाव लिई आगामी दिनमा पार्टी राम्रो बनाउने नेपाली कांग्रुसका जिल्ला कार्यसमिती सदस्य ज्ञान बहादुर बोहराले बताए । उनले भने “बिगतमा भएका कमीकमजोरी लाई आत्मसाथ र महसुस गर्दै अब सबै  नेता कार्यकर्ताको सम्मान हुने गरि पार्टीको सुद्धिकरण गर्ने र आन्तरिक गुट उपगुटको अन्त्य गर्ने योजना छ”। कार्यक्रममा नेपाली कांग्रेस बझाङका भातृ तथा शुभेच्छुक संघ  संगठनका प्रमुख, नेता, कार्यत्रकर्ताहरुले आ आफ्नो धारणा राखेको थिए ।

राष्ट्रिय जागरण अभियानमा बझाङ आएका केन्द्रिय परिबेक्षक महेन्द्र शर्माले देशभरि अहिले कांग्रेसले कम्युनिष्टहरुको अधिनायकबादलाई रोक्नका लागी यस्तो जागरण अभियान सुरु गरेको हो यसका साथै पार्टी भित्रका आन्तरिक मनमुटावलाई पनि सुधार गरेर पार्टीलाई एक ढिक्का बनाउने योजना रहेको बताए  ।

उनले गुट उपगुटको राजनीति सधैका लागी अन्त्य गर्दै पार्टी संगठनलाई एक ढिक्का बनाउने योजना रहेको समेत बताए। नेपाली कांग्रेस बझाङले राष्ट्रिय जागरण अभियानको पहिलो दिन पार्टी कार्यालयमा समिक्षा बैठक बसी बजारमा र्याली जुलुस सहित औपचारीक कार्यक्रम समेत गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ