- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । विश्वकै सबैभन्दा ठूलो प्रविधि कम्पनीमध्येको एक एप्पलले प्रत्येक २ देखि ३ सातामा एक कम्पनी खरिद गर्ने गरेको छ । एप्पलका सीईओ टिम कूकले यसको पुष्टी गरेका हुन् ।
उनले यसरी खरिद गरिने कम्पनी साना कम्पनी हुने र यस किसिमको सम्झौताको कम्पनीले घोषणा नगर्ने बताए । उनले आफूहरुको उद्देश्य एप्पलमा नयाँ बौद्धिकता भित्र्याउनु रहेको बताएका छन् । साथै यसका माध्यमबाट बौद्धिक सम्पत्ति पनि बढाइने उनको भनाइ छ ।
एप्पल कम्पनीसँग अहिले २४० खर्ब रुपैयाँबराबरको नगद छ । नगदमा सबैभन्दा अगाडि रहेका कम्पनीमध्ये एप्पल एक हो । साथै कम्पनीले आगामी पाँच वर्षमा अमरिकामा व्यापक विस्तार गर्दै ३८५ खर्ब रुपैयाँ लगानी गर्ने अवधारणा अघि सारेको छ । साथै यो योजनामा रहेर कम्पनीले नयाँ मुख्यालय बनाउँदैछ । यसमा ५ हजार मानिसले काम गर्नेछन् ।
विशेषगरी एप्पल आफ्नो कम्पनीमा ज्ञान र बौद्धिक सम्पत्तिको लागि साना कम्पनी अधिग्रहण गर्दै आएको छ । यस्तोमा आगामी दिनमा कम्पनीले ठूला कम्पनी खरिदको सम्झौता पनि गर्नसक्ने बताइएको छ ।