arrow

मिथाली राजको भेलोसिटीले यसरी जित्यो महिला आइपिएलमा

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
velocity.jpg

काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० महिला क्रिकेटको खेलमा भारतीय कप्तान मिथाली राजको कप्तानीमा रहेको भेलोसिटीले जित हासिल गरेको छ । 

भेलोसिटीले ट्रेलब्लाजर्सलाई ३ विकेटले हराएको हो । पहिलो खेलमा ट्रेलब्लाजर्सले सुपर नोभासलाई हराएको थियो । 

जयपुरमा भएको खेलमा ट्रेलब्लाजर्सले पहिले ब्याटिङ गर्दै ६ विकेटको नोक्सानीमा ११२ रन बनाउन सक्यो । हर्लिन देओलले ४३ तथा सुजी बेट्सले २६ रन बनाइन् । 

एकता विष्ट र एमिलिया केरले २–२ विकेट लिए । जवाफमा भेलोसिटीले १८ ओभरमा ७ विकेटको नोक्सानीमा जित हासिल गर्न सफल भयो । 

तर अन्तिम ७ रन बनाउन भेलोसिटीले ५ विकेट गुमाएको थियो । डानियल यातले ४६, शफाली वर्माले ३४ तथा कप्तान मिथाली राजले १७ रन बनाइन् । 

दिप्ती शर्माले ४ विकेट लिइन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ