arrow

जेट दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टि

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
challenger-601.jpg

एजेन्सी । मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा मृत्यु हुनेको संख्या १३ रहेको बताएका छन् ।

अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको उक्त निजी बिमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो ।

विधिचिकित्सकहरुले बिमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताए। उनले मृत्यु भएका व्यक्तिमध्ये सात जनाको शरीर सग्लो स्वरुपमा भएपनि जलेको अवस्था रहेको तथा अरु छ जनाको शरीर टुक्राटुक्रा भएको पनि जानकारी दिए।

नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गत आइतबार सम्पर्क बिहीन भएको थियो । उनीहरुले मौसम खराब भएका कारण बिमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ