arrow

अमेरिकालाई अवज्ञा गर्दै टर्की

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
F-35-Turkey.jpg

काठमाडौं। अमेरिकी उपराष्ट्रपति माइक पेन्सले गत बुधवार टर्कीलाई रुसी हवाई सुरक्षा प्रणाली खरीद गरेको खण्डमा नेटोको सदस्यता खारेज हुनसक्ने चेतावनी दिएका छन्। पछिल्लो समय टर्की र अमेरिकाको बीचमा देखिएको विवादको बीचमा पेन्सको यस किसिमको भनाइ आएको हो। 

टर्की पछिल्लो समय आफ्नो सुरक्षा प्रणालीमा अमेरिकालाई वेवास्ता गर्दै रुसको साथ पाउने योजनामा अघि बढिरहेको छ। अमेरिकाको प्रतिबन्धको कारण गत वर्ष अर्थतन्त्रमा आएको व्यापक गिरावटलाई रुससँगको साँठगाँठसँग जोडेको छ। रुससँग सहकार्य गरेर अमेरिकालाई वेवास्ता गर्ने टर्कीको तयारी छ। यस्तोमा अमेरिकालाई पनि टर्कीले रुसको साथ दिनु शक्ति सन्तुलनको हिसाबमा महँगो साबित हुन सक्छ। अहिलेसम्म टर्कीको लागि अमेरिका एक मित्रराष्ट्रको रुपमा रहँदै आएको छ। तर, पछिल्लो घटनाक्रमले भने टर्की अमेरिकाबाट टाढिँदै गएको देखिएको छ। विशेषगरी गत वर्षदेखि अमेरिका र टर्कीको सम्बन्ध चिसिएको हो। 

टर्की–रुस सम्बन्धको चासो
अमेरिकाको लागि रुससँगको कुनै पनि मुलुकको सम्बन्ध निकै चासोको विषय हो। अमेरिका सधैं रुसलाई कसरी कमजोर बनाउने भन्ने विषयमा अघि बढिरहेको हुन्छ। यस्तोमा अवस्थामा रुससँग कुनै मुलुकले हात बढाउनु आगामी दिनमा अमेरिकाको प्रभाव पनि विश्वभर कमजोर बन्दै जानसक्ने अनुमान विश्लेषकहरुले बताएका छन्। ट्रम्पको ‘सबैभन्दा पहिला अमेरिका’भन्ने नीतिको कारण विश्वभर उसको प्रभाव कमजोर हुँदै गएको देखिन्छ। यस्तो अवस्थामा अमेरिकाका सहयोगी मुलुक नै ऊबाट टाढा हुनुले अमेरिका समस्यामा पर्न सक्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ