arrow

बाबुराम भट्टराईले भने, ‘प्रमको भ्रमण शैली अशोभनीय’

‘नेपाल एयरलाइन्सलाई नपत्याउनु ज्यादती’

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
Baburam-&-oli-newFNL.jpg.jpeg
काठमाडौं । ८८ सदस्यीय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै आठ दिने चीन भ्रमणमा निस्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई नयाँ शक्ति अभियानका संयोजक बाबुराम भट्टराईले भ्रमण सफलताको शुभकामना दिएका छन् । भट्टराईले सामाजिक संजाल फेसबुकमार्फत भ्रमण सफलताको शुभकामना दिएका हुन् । 
 
यद्यपि, पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराइले ओलीको भ्रमण सदस्य र विमान चार्टरबारे कटाक्ष गर्दै भ्रमण प्रस्थान शैली ज्यादतीपूर्ण र अशोभनीय भनेका छन् ।  भट्टराईले भनेका छन्, ‘भूकम्प र नाकाबन्दीले थिल्थिलो भएको देशको नाजुक अर्थतन्त्रको ढाड भाँचिने गरी सय जनाको जम्बो टोली लैजानु र सार्वजनिक स्वामित्वको नेपाल एयरलान्सका जेट विमान छँदा छँदै संचालनमा आइनसकेको नीजि क्षेत्रको विमान चार्टर गरेर जानु नाँही अलिक ज्यादतीपूर्ण र अशोभनीय नै भयो है ।’ आफ्नो प्रधानमन्त्री कालमा मुस्ताङ म्याक्स चढेर सस्तो लोकप्रियता कमाएका भट्टराईले ओलीको भ्रमण शैलीलाई कटाक्षपूर्ण तवरले शुभकामना दिएका हुन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ