arrow

उत्साहका साथ डोटीमा कांग्रेसको जागरण अभियान, पार्टी प्रवेश गर्नेहरू बढ्दै

सरकार संघीयताको मर्म विपरीत अगाडि बढिरहेको छ:  हुमागाई 

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
doti-photo.jpg

डोटी । सरकार संघियताको मर्म विपरीत अगाढी वडी रहेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले आरोप लगाएका छन् । नेपाली काङ्ग्रेस डोटीको आयोजनामा विहिवार पुर्वीचौकी गाउँपालिकाको सानागाउँमा आयोजना गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रममा बोल्दै देशलाई सही बाटामा हिँडाउन अहिले जागरण अभियान चलाइएको वताए । 

न्यायपालिका,कार्यपालिका र व्यवस्थापिकालाई सत्ताको आडमा लिएर सरकार अगाडि बढिरहेको उनले बताए। काँग्रेसको राष्ट्रिय जागरण अभियानले पार्टीभित्र सामुहिक छलफल, समन्वय र सरसल्लाह, एकता, अनुशासन, सक्रियता, पुर्ण निष्टा, क्रियाशिलता बढाउने जस्ता कार्य गर्ने बताउँदै हुमागाईंले कम्युनिष्टका बिरुद्ध एक ढिक्का भएर सशक्त ढंगले वैचारिक अभियान चलाउने बताए । उनले यो अभियान मुलुक र जनताको हितमा समर्पित भएकाले अभियानमा सहभागी भइदिन र सहयोग गर्न आह्वान समेत गरे।

जागरण अभियान कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका नेता तथा प्रदेश सभा सदस्य भरत खड्का, जिल्ला सभापति प्रदिप देउवा, महिला संघ डोटीकी अध्यक्ष माया कुवँरले दुई तिहाईको सरकार जनतामुखी भन्दा कार्यकर्तामुखी बढी भएको आरोप लगाए । 

नेपाली काँग्रेस डोटीका सचिव नारायण जोशीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य नेपाली कांग्रेसका नेता राम प्रसाद उपाध्ययले राखेका थिए । कार्यक्रममा नेकपा छोडेर एक दर्जन भन्दा बढी नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका छन् । शुक्रबार आर्दश गाउँपालिकामा जागरण कार्यक्रमको आयोजना गरिएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ