arrow

गोयवल्सको अर्को नाम अर्थात गोकुल बास्कोटा

जय नेपालको बारेमा गोकुल बास्कोटाको दुस्प्रचारमा झल्कियो खराब नियत

logo
प्रकाशित २०७६ वैशाख २६ बिहिबार
gokul-banskota.jpg

काठमाडौं। सञ्चारमन्त्री गोकुल वास्कोटाले बिहिवार सञ्चारकर्मीहरुसँग सञ्चार मन्त्रालयमै आफ्नो कुन्ठा पोख्दै गर्दा प्रपोगण्डा गर्न समेतभ्याए। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्ने क्रममा मेरो सरकार भनेको विरोध जनाएको कांग्रेसप्रति आक्रोश पोख्दै मन्त्री वास्कोटाले नेपाली कांग्रेसले अभिवादनका क्रममा भन्ने गरेको ' जय नेपाल ' राजा महेन्द्रले कू गर्दा बोलेको अन्तिम बाक्य भन्न भ्याए। 

आफ्नै पार्टी नेकपाका सहअध्यक्ष प्रचण्डलाई समेत नेपाल सरकार भएको नीति तथा कार्यक्रम दिएर राष्ट्रपतिलाई मेरो सरकार भन्न लगाउने केपी ओली नेतृत्वको सरकारको चौतर्फी आलोचना भएपछि सरकार रक्षात्मक छ। आफ्नो कृत्यको बचाउमा सरकार प्रमुख केपी ओली स्वयं आउनु परेको छ। पूर्व एमालेका कार्यकर्ताहरु त्यसमा पनि केपी। ओलीप्रति खास स्वामीभक्ती देखाउनेहरु अहिले सरकारको एउटा गल्ती छोप्न अनेक गल्ती गर्न थालेका छन्। सञ्चारमन्त्रीको अभिव्यक्ति पनि यहि प्रकरणमा स्वामीभक्ती देखाउन आएको छ।

बास्कोटा मन्त्री बन्न जानु अघीसम्म पनि पत्रकारीता उनको एउटा कर्म थियो। मिसन पत्रकारीता नै उनको पत्रकारीताको धर्म थियो। त्यसक्रममा उनले कतिपय आफ्नो पार्टीप्रति झुकाव राखेर प्रोपोगण्डा पनि गरे होलान। तर आज उनी देशको मन्त्री छन्। जवाफदेहिता झन बढेको छ। तर उनको प्रस्तुती हेर्दा लाग्छ उनी उरन्ठेउला उमेरका व्यक्ति झै सनकको र भ्रामक अभिव्यक्ती दिइरहेका छन्। यस क्रममा कांग्रेसले भन्ने गरेको जय नेपाल शब्दको उत्पतिको बारेमा बास्कोटाको अभिव्यक्तिले उनको अल्पबुद्धीलाई मात्र उजागर गरेको छैन उनले नेपालको जय कामना गरेको शब्दमा राजनीतिक रंग पोतेर नेपाल आमाप्रति पनि उपहास गरेका छन्। बास्कोटाको अल्पबुद्धीका कारण ‘जय नेपाल’जस्तो पवित्र मन्त्रको समेत उपहास भएको छ ।

सरकार आज बास्कोटा जस्ता पात्रहरुको कारण मजाकको बिषय भएको छ। बक्सिङ रिङमा लड्न आइज जस्तो गरेर संसदमा प्रस्तुत हुने प्रधानमन्त्री केपी ओलीलाई मिल्ने सहयोगी पात्रको रुपमा मन्त्री बास्कोटाले आफूलाई प्रस्तुत गरिरहँदा उनले हिटलरको प्रचार मन्त्री गोयवल्सलाई विर्साउनेतिर लागिरहेका छन्। प्रोपोगण्डाका महारथी गोयवल्सलाई विर्साउनेतिर वास्कोटा लागिरहँदा विपक्षीले र नागरिक समुदायले भनिरहेको केपी ओलीको अधिनायकवादी व्यवहार अझ प्रकट भएर आउने प्रष्ट भएको छ। प्रधानमन्त्रीको हालैका व्यवहारहरुले पनि यसलाई पुष्टी गरेको छ। 

मन्त्री बास्कोटाको यो अभिव्यक्तीको अध्ययेताहरु र नागरिकस्तरबाट विरोध भएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लतपतिएको फोटोकपीमा छापिएको भनेर बास्कोटाको अभिव्यक्तिको विरोध गरिसकेका छन्।पत्रकार कुसुम भट्टराईले अध्ययनशील मानिसहरु राज्यसत्तामा नहुँदा यस्ता अल्पबुद्धीजन्य अभिव्यक्तिहरु आएको उल्लेख गरेका छन् ।

दुनियाँलाई भ्रममा पार्ने नियतका साथ ‘जय नेपाल’का बारेमा संचारमन्त्रीले भनेको भनाइको सबैतिबाट खेद प्रकट भइरहँदा उनलाई र आजको पुस्तालाई समेत यो शब्दको यथार्थ जानकारी दिन आवश्यक देखिएको छ । 

कसरी शुरु भयो जय नेपाल?

नेपालमा प्रजातन्त्र स्थापनाको उद्देश्यले प्रजापरिषदले विसं १९९७ असार ९ गते राणा शासनको विरोधमा पर्चा छापेर काठमाडौंमा जताततै छरेको थियो । नेपालको इतिहासमा ‘पर्चा आन्दोलन’का रुपमा अंकीत सोही आन्दोलनमा सहभागी भएबापत पचलीमा शुक्रराज शास्त्रीलाई र सिफलमा धर्मभक्तलाई झुण्डयाई मारियो । शोभा भगवती नजिकै दशरथ चन्द ठकुरी र गंगालाल श्रेष्ठलाई एकै ठाँउमा गोली ठोकी मारियो । यी महान शहीदहरुले मर्नुअघि उच्चारण गरेको शब्द थियो, ‘जय नेपाल’ । 

महान शहीदहरुले उच्चारण गरेको ‘जय नेपाल’लाई २००७ सालमै नेपाली कांग्रेसको क्रान्तिमा उच्चारण गरेको तथ्य नेपाल टेलिभिजनका लागि जिवनाथ धमलाले बनाएको वृत्तचित्रमा स्पष्ट छ। २००७ सालको आन्दोलनताका विराटनगरमा नेपाली कांग्रेसले सञ्चालन गरेको प्रजातन्त्र रेडियोमा जय नेपाल शब्द गुञ्जिदा यो शब्द अझ लोकप्रिय भयो। नेपाली कांग्रेसले १९९७ सालमा वीर शहिदहरुले उच्चारण गरेको शब्दलाई अभिवादनका क्रममा भन्न शुरु गर्‍यो। पछिसम्म पनि रेडियो नेपालमा यो शब्द उच्चारण हुँदै आएको छ। सात सालको आन्दोलनको पृष्ठभुमी पछि गठन भएको नेपाल प्रहरीले पनि यो शब्दलाई ग्रहण गर्‍यो। प्रहरीको यो मुल मन्त्र नै भएको छ। र, हामी करोडौं नेपालीको ढुकढुकी रहँदै आएको छ, ‘जय नेपाल’ । 

तर सबैको साझा नारा र विषयलाई पनि एउटा कित्तासँग लगेर जोडिदिइ त्यस शब्दको विराट अर्थको अवमूल्यन गर्ने हर्कत मन्त्री बास्कोटाले जसरी गरेका छन त्यसबाट उनको नियत प्रष्ट भएको छ। यस्ता निम्छरा भाषाको औचीत्य पुष्टी गर्न प्रधानमन्त्री ओली र उनका अनुयायीका रुपमा रहेका बास्कोटा सहितका शासकहरुले ‘जय नेपाल’को उपहास गरेको पटक्कै सुहाउन्न। हाम्रो राष्ट्रिय गानमासमेत उल्लेख गरिएको ‘जय नेपाल’लाई कुनै शासकसँग जोडेर अपव्याख्या गर्न संचारमन्त्रीको मुखलाई सुहाउने कुरो हैन । तर तित्राको मुखै बैरी भएपछि अपेक्षा यहाँभन्दा बढी गर्न पनि कहाँ सकिन्छ र?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ