arrow

अल्झनको बाटोमा अमेरिका–चीन व्यापार युद्ध 

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
usa-china.jpg

काठमाडौं । अमेरिका र चीनबीचको व्यापार युद्धले तत्काल समाधानको बाटो ननिकाल्ने निश्चित भएको छ । दुई देशबीच व्यापार युद्ध समाप्त गर्न छलफल भइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई २ सय मिलियन डलर बराबरको उत्पादनमाथि कर बढाउने निर्णय गरेपछि समस्या झन् बल्झिएको विश्लेषण गरिएको छ । 

अमेरिकाले बढाएको कर शुक्रबारदेखि नै लागु हुँदैछ । ट्रम्पले चीनले व्यापार वार्ताको सम्झौता तोडेको आरोप लगाउँदै कर वृद्धिको निर्णय गरेका हुन् । 

अमेरिकाले करवृद्धि गरे त्यसको कडा जवाफ दिने चिनियाँ चेतावनीपछि ट्रम्पले यो कदम चालेको बताएका छन् । 

अब चीनले कस्तो कदम चाल्ला त ? भनी प्रतिक्षा गर्नुपर्ने भएको छ । चीनले तत्कालका लागि दुस्प्रयास भनेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ