arrow

सत्ताधारी र प्रतिपक्षबीचको मनमुटावबीच प्रि–बजेटमा छलफल

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
budget1.jpg

काठमाडौं । आगामी आर्थिक वर्ष २०७६–०७७ का लागि विनियोजन हुने पूर्व बजेट (प्रि–बजेट) शुक्रबार दखि संसद्‌मा छलफल सुरु हुँदैछ । प्रतिनिधिसभाको गत मंगलबार बसेको बैठकमा सभामुख कृष्णबहादुर महराले शुक्रबारदेखि प्रि–बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफल थालिने जानकारी गराएका थिए । 

उक्त मंगलबारको दिन नीति तथा कार्यक्रम पारित गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहहरुले उठाएका प्रश्नलाई ‘निम्छरा’ भनी अभिव्यक्ति दिएपछि उनको काँग्रेसले चर्को आलोचना गर्यो । 

प्रधानमन्त्रीले यसरी प्रतिपक्षलाई हेप्दा सभामखु महरा नतमस्तक भएर प्रधानमन्त्री ओलीकै पक्ष लागेर बसेपछि प्रतिपक्ष एकाएक तात्तिएको हो । यो परिस्थितिले गर्दा सत्ताधारी र प्रतिपक्षबीचको दूरी बढेको छ । 

सहमतिमा नीति तथा कार्यक्रममा केही पनि संशोधन गर्नु नपर्ने निचोडसहित नेकपा नेतृत्वको सरकार अगाडि बढेपछि प्रि–बजेट पनि केबल ढोंग भएको स्पष्ट हुँदै गएको छ । 

प्रतिपक्षीका कुरा नै नसुन्ने मनस्थितिमा ओली सरकार पुगेकाले प्रि–बजेटमाथिको औचित्यमाथि प्रश्न खडा भएको छ । 

बैठक शुक्रबार बिहान ११ बजे बस्ने कार्यक्रम छ । 

आगामी आवको पूर्वबजेट निर्माणमा सरकारलाई सहयोग गर्नका लागि दलीय प्रतिनिधित्वका आधारमा छलफल हुनेछ । शुक्रबारको बैठक प्रारम्भ हुनुभन्दा एक घण्टा अघि आ–आफ्ना दलका वक्ता प्रतिनिधिको नाम सचिवालयमा टिपाउन समेत सभामुख महराले अनुरोध गरेका छन् । 

हरेक वर्षको १५ जेठमा सरकारले विनियोजन विधेयक संसद्‌मा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसको १५ दिनअघि बजेटका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) सदनमा छलफल भइसक्नुपर्ने भएको व्यवस्था रहेकोले प्रि–बजेटमाथिको छलफलको समय निर्धारण गरिएको हो ।

तर विपक्षीका कुरा नसुन्ने र आफूलाई सुधार नगर्ने मनसायसहित सरकार प्रस्तुत भयो भने घाटा मुलुकले बेहोर्ने छ । 

प्रधानमन्त्री ओली नहुनु र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली अनि केही सांसदहरु भियतनाम र कम्बोडियाको यात्रामा लाग्नु साथै काँग्रेस पनि राष्ट्रिय जागरण अभियानमा लागेपछि संसदमा सांसदहरुको समेत दरिलो उपस्थ्तिि नहुने निश्चित छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ