arrow

कश्मीरमा फेरि भिडन्त जारी, आइएस कमाण्डर अब्दुल्लाको मृत्यु, विद्यालयहरु बन्द

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
kashmir-lead.jpg.jpeg

काठमाडौं । भारतको जम्मू कश्मीरमा फेरि भिडन्त भएको छ । आशीपोरा इलाकामा भारतीय सुरक्षाकर्मी र आतंकवादीवीच भिडन्त भएको हो । 

भिडन्तमा परी एक आतंकवादीको ज्यान गएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । 

सुरक्षाकर्मीले भारीमात्रामा हतियार तथा गोलाबारुद बरामद गरेको छ । 

मारिएका आतंकवादी सोपोर निवासी इशाक सोफी उर्फ अब्दुल्ला भाइ रहेको बताइएको छ । अब्दुल्ला इस्लामिक स्टेट आइएसको जम्मू तथा कश्मीरको कमाण्डर थिए । 

अब्दुल्ला सन् २०१५ मा हरकुट मुजाहिद्धिनमा सामिल भएका थिए । उनी सन् २०१८ मा आइएसमा लागेको बताइएको छ । 

अब्दुल्ला मारिएपछि परिस्थिति बिग्रन सक्ने भन्दै सबै निजी तथा सरकारी विद्यालयहरु बन्द गरिएका छन् । 

मुठभेड जारी नै रहेको छ । आतंकवादीहरुको संख्या पत्ता लगाउन कठिन भएकाले अप्रेशन सफल हुन नसकेको बुझिएको छ ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ