arrow

पुग्ला दिल्ली पहिलो पटक फाइनल ? खेल्लान् त सन्दीप लामिछाने ? 

बेलुकी ७ः४५ मा दिल्ली र चेन्नाई भिड्दै, जित्ने टिमले बनाउनेछ कीर्तिमान 

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
chennai-delhi.jpg

काठमाडौं । भारतमा भइरहेको आइपिएल टी–२० क्रिकेटको दोस्रो क्वालिफायर खेलमा शुक्रबार डिफेन्डिङ च्याम्पियन चेन्नाई सुपर किंगस र दिल्ली क्यापिटल्स भिड्दै छन् । 

पछिलो खेलमा चेन्नाईले नेपाली युवा ढुकढुकी सन्दीप लामिछाने संलग्न रहेको दिल्लीलाई ८० रनले हराएको थियो । 

अहिलेसम्म आँकडा हेर्दा पनि चेन्नाई भारी देखिन्छ । २० खेलमा चेन्नाईले १४ जिन हासिल गर्दा दिल्लीले मात्र ६ खेल जितेको छ । 

सन् २०१८ मा दिल्लीले चेन्नाईलाई हराएको थियो । यो आधारमा विशाखापट्नममा बेलुका ७ः४५ बजेदेखि हुने भिडन्तमा चेन्नाई हावी हुन सक्नेछ । 

तर युवा खेलाडीहरुले भरिएको दिल्लीलाई कम आँक्न भने मिल्दैन । दिल्ली यसपटक निकै आक्रामक रुपले खेलिरहेको छ । 

तसर्थ यो १२ औं संस्करणको दोस्रो फाइनलिष्टका लागि कडा टक्कर हुनेछ । चेन्नाई पहिलो क्वालिफायरमा मुम्बई इन्डियन्ससंग पराजित भएको थियो भने दिल्लीले सनराइनजर्स हैदरावादमाथि इलिमिनेटरमा बाजी मारेको थियो । 

दिल्ली यो खेलमा विजयी भए पहिलो पटक फाइनलमा पुग्नेछ । चेन्नाई यसअघि ७ पटक फाइनलमा पुगिसकेको छ । 

जबकि महेन्द्र सिंह धोनीको टिमले ९ सिजनमा ७ पटक फाइनलमा पुगेको छ । ७ वर्षअघि चेन्नाईले दिल्लीलाई प्लेअफमा हराएको थियो । 

चेन्नाईसंग धोनीसंगै स्पिनरहरु इमरान ताहिर, हरभजन सिंह र रविन्द्र जडेजा छन् । जारी सिजनमा ताहिरले २३, हरभजनले १४ र जडेजाले १३ विकेट लिइसकेका छन् । 

दिल्ली पनि कम छैन । क्रिस मोरिसको शानदार बलिङसंगै शिखर धवन, रिसभ पन्त, पृथ्वी शा र कप्तान श्रेयस ऐयरको ब्याटिङ मजबुद छ । 

के गर्लान् सन्दीप लामिछाने ?
नेपालीहरुको नजर भने सन्दीप लामिछानेसंगै गएर ठोकिने छ । सन्दीपले जारी खेलमा मात्र ६ खेल खेल्न पाएका छन् । 

उनले ८ विकेट लिएका छन् । स्पीनमा उनको जादू चल्ने बताइन्छ । इमर्जिङ प्लेयरको नामांकनमा पनि उनको नाम छ । 

तर उनले गएका केही खेल खेल्न पाएका छैनन् । यसलाई हेर्दा उनी शुक्रबार पनि खेल्न पाउने छैनन् । 

तर समीकरण कस्तो बन्छ भनी दिल्ली प्रशिक्षक रिक्की पोन्टिङले बताइनसकेकोले सन्दीप खेल्ने या नखेल्ने टुंगो छैन । 

यसअघिको इलिमिनेटर खेल हुनुअघि स्पिनरको लाइनमा सन्दीपलाई राखिएको थियो । अन्तिम समयमा आएर सन्दीप ‘ड्रप’ भएका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ