arrow

के गर्दैछन् बेलायती राजकुमार ह्यारी काठमाडौमा

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
Receiving.jpg.jpeg
काठमाडौ ।  बेलायती राजकुमार ह्यारी काठमाडौ ओर्लेपछि उच्चस्तरीय भेटघाट र अवलोकन भ्रमणमा रहेका छन् । भ्रमणको दोस्रो दिन  आइतबार राष्ट्रपति बिध्यादवी भण्डारीलाई भेटेपछि ह्यारी बिहानैदेखि घुमघाममा निस्केका छन् । उनी पहिले पाटन दरबार स्कवायर पुगे । नेवारी पहिरनमा सजिएका महिलाले ह्यारीलाई पुष्प गुच्छा र मालासहित स्वागत गरे। पाटन दरबार क्षेत्र ह्यारीले चाख मानेर अवलोकन गरे।
 
 
पाटन दरबार स्क्वायरमा ढुंगाका मूर्ति र कलाकृति कुँदिएका दृश्यले ह्यारीको ध्यान तान्यो। उनले कलाकारले मूर्ति कुँदेको चाख मनेर हेरे। ह्यारीले पाटनमा काठमा आकृति कुँद्न व्यस्त नेपाली सिल्पीहरूको कामको सिको गर्न पनि भ्याए। कलाकारको छेउमै पुगेर उनी थचक्क भुँइमा बसे। दायाँ हातले काठको मुङ्ग्रो (ह्याम्मर) समाए, बायाँ हातले काठ खोप्ने मेसिन 'रामो' समाए। अनि थाले काठ खोप्न।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ