arrow

विश्वको सबैभन्दा ठूलो विमान बाहक जहाज बनाउँदै चीन

logo
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
china-aircraft-carrier-ship.jpg

काठमाडौं। चीन अहिले विश्वको सबैभन्दा ठूलो पूर्ण आकारको विमान बाहक जहाजको निर्माणमा जुटेको छ। अमेरिकी बौद्धिक कम्पनीको अध्ययनअनुसार चीन उक्त विमानको निर्माणमा जुटेको देखिएको हो। स्याटेलाइटबाट पाइएको तस्वीरको आधारमा यसको अध्ययन गरिएको हो।

अप्रिलमा लिइएको तस्वीरको आधारमा चीन विश्वकै सबैभन्दा ठूलो विमान वाहक जहाजको निर्माणमा जुटेको देखिएको हो। अमेरिकाको सेन्टर स्ट्राटेजिक एण्ड इन्टरनेशनल स्टडिज (सीएसआईएस)का अनुसार कम्तीमा पछिल्लो छ महीनादेखि चीनको सांघाईनजिकै यस्तो गतिविधि निरन्तर देखिइरहेको छ।

अहिलेसम्म चीनले भने आफ्नो तेस्रो विमान वाहक बनाउन लागेको घोषणा गरेको छैन। तर, चिनियाँ सञ्चारमाध्यमले भने केही संकेत दिएका छन्। गत साता चीनको रक्षा मन्त्रालयले यसको लागि काम शुरु भएको जानकारी दिएका थिए। तर, यसबारे विश्वासिलो तस्वीर भने सार्वजनिक हुन सकेको छैन। अहिले सबै क्षेत्रका सैन्य समुहले चीनको यो विमानवाहकको खोजी गरिरहेका छन्। यो जहाज चीनको ठूलो, आधुनिक प्लेटफर्ममा निर्माण भएको र कुनै पनि योजनामा पूर्ण क्षमताको साथमा अघि बढ्नसक्ने बताइएको छ।

स्थानीय रुपमा निर्माण गरिएको यो विमानले पछिल्लो समय बढ्दै गएको चीनको सैन्य विस्तारलाई देखाएको छ। पछिल्लो केही प्रतिवेदनले चीनको सैन्य शक्ति लगातार बढ्दो क्रममा रहेको देखाएको छ। स्याटेलाइटमा देखिएको तस्वीरअनुसार अहिले निर्माण गरिन लागेको विमान वाहक अमेरिकाको एक लाख टन क्षमताको विमानभन्दा केही सानो हुनसक्ने बताइएको छ।

तर, यो फ्रान्सको ४२ हजार ५ सय टन क्षमताको विमानभन्दा ठूलो हुनेछ। सीएसआईएसका विश्लेषकका अनुसार चीनको विमान निर्माणको विवरण अस्पष्ट रहेको बताए। तर, अहिले पनि यो विमान निर्माणको काम चलिरहेको उनको भनाइ छ।

चीनको सैन्य आधुनिकीकरणको विषयमा अमेरिकी रक्षा मन्त्रालयको वार्षिक प्रतिवेदनअनुसार चीनले निर्माण गरिरहेको यो विमानबाहक जहाज यसअघि उसले बनाएको २ ओटा विमानको तुलनामा ठूलो हुनेछ। यसमा थप केही विशेषता पनि हुनसक्ने अनुमान गरिएको छ।

यसको डिजाइनले अन्य फाइटर विमानलाई पनि सहयोग पुर्‍याउनसक्ने बताइएको छ। साथै, उडान थप तीव्र बनाउन मद्दत पुग्नेछ। अहिले चीनको दोस्रो विमान बाहक जहाज परीक्षणको क्रममा छ। यो जहाज सन् २०२० सम्म सेवामा नआउने अनुमान गरिएको छ। चिनियाँ सञ्चामाध्यमहरुले दिएको जानकारी अनुसार अहिले चीनलाई कम्तीमा ६ ओटा यस्ता जहाज आवश्यक छ। अमेरिकासँग ११ ओटा यस्ता जहाज छ। यस विषयमा जानकारी दिन चीनको रक्षा मन्त्रालयले अस्वीकार गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ