arrow

प्रदेश ५ को बजेट अधिवेशन जेठ २ गते

logo
प्रदीप आचार्य,
प्रकाशित २०७६ वैशाख २७ शुक्रबार
pradesh-5_sava_hall1.JPG

बुटवल । प्रदेश ५ को  बजेट अधिवेशन आगामी जेठ २ गतेका लागि आह्वान गरिएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा प्रदेश प्रमुख उमाकान्त झाले जेठ २ गते दिउँसो १ बजे बजेट अधिवेशन आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका सचिव सनदकुमार दवाडीले बताए ।

संविधानको धारा १८३ को उपधारा १ मा मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले संसद अधिवेशन आह्वान गर्ने व्यवस्था छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेटको तयारी समेत थालिसकेको छ ।

असार १ गतेभित्र बजेट पेश गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारले त्यसअघि नीति कार्यक्रम पेश गर्ने र बजेट पेश गर्ने तयारी थालेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ