arrow

काभ्रेमा गोली चल्यो, एकको मृत्यु

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
first-gun.jpg.jpeg
बनेपा । काभ्रेपलाञ्चोक कासीखण्ड नगरपालिका व्यास–२ स्थित सल्लेरीमा गोली चल्दा २० वर्षीय प्रतिष तामाङको मृत्यु भएको छ । 
 
नाकमा गोली लागेको र अत्यधिक रक्तश्राव भएका कारण उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी निरीक्षक विदुरकुमार थापाले जानकारी दिए । घटनामा संलग्न सोही नगरपालिकाका अरुण तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 
 
शनिबार बेलुुका दुवै जना नजिकै रहेको जङ्गलमा घरबाट निस्केकामा पछि उनीहरुबीच विवाद हुँदा गोली चलेको हुन सक्ने प्रहरी निरीक्षक थापाले बताए । थापाले घटनास्थलबाट कटुवा पेस्तोलसमेत बरामद गरिएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ