- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतमा गत मे ३ तारिखमा आएको फानी चक्रवातका कारण डेढ करोड मानिस प्रभावित भएका छन् । पाँच लाख घरमा क्षति पुगेको रिपोर्ट सार्वजनिक भएको छ ।
शुक्रबार स्टेट इमरजेन्सी अपरेशन सेन्टरले दिएको रिपोर्टअनुसार १५९ ब्लक, १६ हजार ६५९ गाउँ र १ करोड ५० लाख ९४ हजार ३२१ जना मानिस प्रभावित भएका छन् ।
१४ जिल्लाका ५ लाख ८ हजार ४६७ घरमा नोक्सान पुगेको छ । यो चक्रवातमा परेर ४१ जनाको मृत्यु भएको थियो । मृतकमा पुरीका २१ जना थिए ।
रिपोर्टका अनुसार १४ लाख ७० हजार १९७ मानिसलाई सुरक्षित स्थलमा लगिएको थियो ।