arrow

संकटमा परेको भेनेजुयलामा यसरी लाखौंको नाफा कमाइरहेछन् चिनियाँ कम्पनीहरु... 

logo
प्रकाशित २०७६ वैशाख २८ शनिबार
china-rice-plants-venezuela.jpg

काठमाडौं। भेनेजुयला र चीनबीच सायौं आयोजनामा सम्झौता भएको छ। अर्बौं डलरको लगानी गरिरहेको चीनको एउटा योजनाबारे भने निकै ठूलो आलोचना भइरहेको छ। चीनको २० करोड डलरको धान उत्पादन क्षेत्रको विषयमा व्यापक आलोचना भइरहेको छ। यसले भेनेजुयलाको विकासमा समस्या आउनसक्ने बताइएको छ। 

यस किसिमका योजनाको लक्ष्य भेनेजुयलाका नागरिकलाई खुवाउनु नै थियो। भेनेजुयलाको डेल्टा अमाक्युरो प्रान्तमा चिनियाँ कम्पनीले ह्युगो चाभेजको पालामा पुल, सडक, खाद्य प्रयोगशाला र सबैभन्दा ठूलो धान उत्पादन केन्द्र स्थापनाको लागि सम्झौता भएको थियो। सन् २०१० मा भएको यो सम्झौतामा चिनियाँ कम्पनीले १ लाख १० हजार रोजगारी दिनसक्ने बताएको थियो। 

त्यतिबेला चाभेजले चामलको शक्ति कृषिको शक्ति रहेको बताएका थिए। त्यसको ठीक नौ वर्षपछि अहिले स्थानीयहरु भोकमरीको सामना गरिरहेका छन्। केही रोजगारी मात्र उक्त योजना अन्तर्गत भेनेजुयलाका नागरिकले पाएका छन्। यो क्षेत्रको आधा मात्र काम सकिएको छ। सम्झौतामा उल्लेख गरिएको करीब एक प्रतिशत मात्र अहिले उत्पादन भइरहेको छ। यो योजनासँग निकट व्यक्तिका अनुसार अहिलेसम्म योजनामा स्थानीयरुपमा नै धान उत्पादन भएको छैन। यसका लागि भेनेजुयलाले १० करोड डलर खर्च गरेको छ। 

गत सेप्टेम्बरमा भेनेजुयलाको अदालतमा पनि यो प्लान्ट निर्माण गरिरहेको कम्पनीको विरुद्धमा १० करोड डलर घुस दिएको मुद्दा दायर भएको थियो। यो घुस दिनुको अभिप्राय यो ठेक्का पाउनु थियो। चिनियाँ कम्पनी सीएएमसीले भेनेजुयलाका कम्तीमा पाँच योजनामा सम्झौता गरेको छ। यसको समग्र मूल्य करीब ३ अर्ब डलरको छ। तर, यी योजना अहिलेसम्म पूरा भएका छैनन्।

अहिलेसम्म यो कम्पनीले २० करोड डलरको धान उत्पादन क्षेत्रको कम्तीमा आधा भुक्तानी लिइसकेको छ भने अन्य चार योजनाको पनि कम्तीमा ४० प्रतिशत रकम लिइसकेको छ। समग्रमा उसले १ अर्ब ४० करोडको भुक्तानी लिएको छ । तर, कुनै पनि योजनाको काम पूरा भएको छैन। अहिलेसम्म यो योजनाको विषयमा सीएएमसीका कुनै पनि अधिकारीलाई यस विषयमा कुनै मुद्दा चलाइएको छैन। यस विषयमा चिनियाँ कम्पनीले यसमा धेरै विवरण गलत रहेको बताएको छ। तर, यस विषयमा व्यख्या भने गरिएको छैन।

कम्पनीले भेनेजुयलाका सबै योजना उत्कृष्ट प्रविधिको माध्यमबाट पूरा गरिने दाबी गरेको छ। यस विषयमा भनेजुयलाका आधिकारिक निकायले पनि कुनै जानकारी दिएका छैनन्।

पछिल्लो समय देखिएको राजनीतिक संकटको कारण भेनेजुयला आर्थिक गिरावट, अत्यधिक मुद्रास्फीति, बढ्दो बेरोजगारी र नागरिकबीचको विभाजनको मारमा परेको छ। नियमितरुपमा धान उत्पादन क्षेत्र निर्माण गर्न लागिएको स्थानमा अहिले खानेपानी, खानेकुरा, विद्युतलगायतका कुराको अभाव हुने गरेको छ। सन् २००७ मा भेनेजुयलाको एक महत्वाकांक्षी सम्झौतामा चीन र भेनेजुयलाको बीचमा सम्झौता भएयता भेनेजुयलाको संरचना निर्माणको लागि चीनले ५० अर्ब डलर लगानी गर्दै आएको छ। 

सन् २०१७ को भाषणमा भेनेजुयलाका राष्ट्रपति निकोलास मादुरोले ७ सय ९० योजनामा चीनसँग सम्झौता भइसकेको बताएका थिए। जसमध्ये ४ सय ९५ ओटा पूरा भइसकेको बताएका थिए। तर, जानकारहरुका अनुसार बाँकी रहेका योजनामा निरीक्षणको अभाव देखिएको बताउदै आएका छन्। भेनेजुयलाका एक धान उत्पादन क्षेत्रको योजनालाई भने त्यागिसकेको एक अधिकारीले बताएका छन्। सन् २००९ देखि २०१४ सम्मको अवधिमा भेनेजुयलाका अधिकारीले ठेकेदारबाट अवैध २ अर्बभन्दा बढी रकम पाएको पाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ