arrow

इमरान खानलाई धक्का, सुस्तायो पाकिस्तानको अर्थतन्त्र

logo
एजेन्सी
प्रकाशित २०७६ वैशाख २८ शनिबार
pakistan6.jpg

काठमाडौं । आर्थिक संकटबाट पार पाउनका लागि संघर्ष गरिरहेको पाकिस्तानको आर्थिक विकासको योजनामा धक्का पुगेको छ । आर्थिक वर्ष २०१८/१९ मा पाकिस्तानको आर्थिक वृद्धि सुस्ताउँदै ३ दशमलव ३ प्रतिशतमा आएको हो । यसअघि सरकारले ६ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिको अनुमान गरेको थियो ।

स्रोतका अनुसार पाकिस्तानको प्रमुख आर्थिक लक्ष्यको केवल आधामात्र पूरा भएको छ । जसको कारण पाकिस्तानको आर्थिक वृद्धिदर सुस्ताएको हो । 

पछिल्लो समय कमजोर बनेको पाकिस्तानको अर्थतन्त्रसँगै उसको भविष्यको विषयमा पनि प्रश्नचिह्न खडा भएको छ । अहिले पाकिस्तान अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)बाट ऋण पाउनका लागि संघर्ष गरिरहेको छ । 

पाकिस्तानका प्रधानमन्त्री इमरान खान पछिल्लो समय आर्थिक सुधारको योजना अघि सारेका थिए । तर, अपेक्षा गरिएअनुसारको लक्ष्य भने हासिल हुन नसकेको हो । 

महँगीको कारण पाकिस्तानको जनजीवन पूर्णरुपमा ध्वस्त भएको छ । आतंकवादको मुद्दामा विश्वव्यापीरुपमा व्यापारिक सम्बन्ध केही कमजोर बन्दै आएको छ । कारोबार घटेसँगै पाकिस्तानमा महँगी बढेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ