arrow

कृषिमन्त्रीको जिल्लामा मल किसानलाई कि उद्योगपतिलाई ? २६ सय ४० बोरा युरिया मल बरामद 

logo
मणि गैरे,
प्रकाशित २०७६ वैशाख २९ आइतबार
mal.jpg

कपिलबस्तु । किसानलाई खेती गर्नको लागि मलखादको चरम अभाव भएको बेला मिलोमतोमा उद्योगपतिलाई व्यवसायिक रुपमा मलखाद वितरण गरिएको रहस्य खुलेको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्री चक्रपाणी खनालको गृह जिल्लाका किसानले मल नपाएको बेला सोही जिल्लामै व्यवसायीक प्रयोजनको लागि भने निर्वाध आपूर्ति भइरहेको छ । 

 जिल्लामा ६६ मेट्रिक टन युरिया मल बरामद गरिएको छ । कपिलपस्तुको शिवराज नगरपालिका वडा नं ७ मा रहेको जय अम्बे प्लाइउड इन्डष्ट्रिज र पशुपति प्लाइउड इन्डष्ट्रिज कम्पनी लोहरौलाबाट भारी मात्रामा युरिया मल नियान्त्रण गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले विभिन्न सुराकी आधारमा २६ सय ४० बोरा मल नियन्त्रणमा लिएको हो । ४ सय ४० बोरा मल कम्पनीमै शील गरिएको छ भने अन्य मल कन्टेनरसहित प्रशासनको नियन्त्रणमा रहेको छ । 

चीनमा उत्पादन भएको युरिया मल प्लाइउड कम्पनीले भारतको कलकता बन्दरगाह हुंदै भैरहवा भन्सार कार्यालय मार्फत नेपाल प्रवेश गरेको थियो । शनिवार  बिहान कम्पनीमा मल पुगेपछि प्रशासनले कन्टेनरसहित नियन्त्रणमा लिएको प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।

युरिया मल कम्पनीमा पुगेपछि जिल्ला प्रशासन कार्यालय तौलिहवाको निर्देशनमा इलाका प्रशासन कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको उनले बताए ।

युरिया मल औद्यौगिक प्रयोजनको लागि हो कि कृषि प्रयोजनको हो रु भन्ने विषयमा एकिन नभएकाले नियन्त्रणमा लिइएको प्रजिअ पोखरेलले बताए ।

किसानहरुले समयमा मल नपाउँदा चिन्तित भएको बेला उद्योगमा भारी मात्रमा मल भेटिएको हुनाले शंका गरिएको छ ।

कपिलवस्तु किसान संघका अध्यक्ष अनुप कुमार चौधरी भने ‘हामीले मलको लागि भौतारीरहेका छौं । तर, कम्पनीमा ६६ टन युरिया मल कहाँबाट आयो ? यो सोचनिय विषय भएको छ ।’

जय अम्बे प्लाइउड इन्डष्ट्रिजका सञ्चालक मनोज कनोडिया र पशुपति प्लाइउड इन्डष्ट्रिका सञ्चालक अशोक कुमार अग्रवाल सम्पर्क नरहेको पाइएको छ । पटक पटक किसानहरुले मलखादको लागी सरकार संग माग गर्दा भने किसानहरुले खेती गर्न मल पाएका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ