arrow

भारतमा ७ राज्यका ५९ सिटमा मतदान, पाँच वर्षअघि भाजपालाई ४५ सिट 

दिग्बिजय सिंह, मनोज तिवारी, गौतम  गम्भीर, शीला दीक्षित, अखिलेश यादव, मेनका गान्धीको भविष्य निर्धारण हुँदै

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
india-flag.jpeg

काठमाडौं । भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गत आइतबार छैटौं चरणको मतदान भइरहेको छ । आइतबार ७ राज्यका ५९ सिटका लागि मतदान भइरहेको हो । 

९७९ प्रत्यासी चुनावी मैदानमा रहँदा दिल्लीका ७, बिहारका ८, हरियाणाका १०, मध्यप्रदेशका ८, उत्तरप्रदेशका १४, बंगालका ८ र झारखण्डका ४ सिटका लागि मतदान भइरहेको हो । 

महिला उम्मेदवारको संख्या जम्मा ९ प्रतिशत अर्थात् ८३ जनामात्र छन् । 

सन् २०१४ मा यो क्षेत्रमा भारतीय जनता पार्टीले ५९ मध्ये ४५ सिटमा जित हासिल गरेको थियो । 

प्रतिपक्षी काँग्रेसले २ सिटमात्र जितेको थियो । तृणमूलले ८, इनेलोले २, लोजपाले १ तथा सपाले १ सिट जितेको थियो । 

आइतबारका चर्चित उम्मेदवारहरु 
मध्यप्रदेशमा काँग्रेस पूर्व मुख्यमन्त्री दिग्बिजय सिंहको भविष्य निर्धारण हुँदैछ । उनी १६ वर्षपछि कुनै चुनावमा लड्दै छन् ।

सोही क्षेत्रबाट मालेगाँव धमाकाकी आरोपी साध्वी प्रज्ञा ठाकुरलाई राजपाले उठाएको छ । 

पूर्वी चम्पारणबाट केन्द्रीय कृषि कल्याण मन्त्री राधामोहन सिंह भाजपाबाट मैदानमा छन् । 

उत्तरपूर्वी दिल्लीबाट भाजपाले भोजपुरी गायक एवं अभिनेता मनोज तिवारीलाई उठाएको छ । त्यहींबाट काँग्रेसले दिल्लीकी पूर्व मुख्यमन्त्री शीला दीक्षितलाई उठाएको छ । 

पूर्वी दिल्लीबाट भाजपाले क्रिकेटर गौतम गम्भीरलाई मैदानमा उतारेको छ । काँग्रेसबाट अरबिन्दर सिंह लवली भिडिरहेका छन् । 

सपा अध्यक्ष एवं पूर्व मुख्यमन्त्री अखिलेश यादव आजमगढबाट मैदानमा छन् । 

भाजपाबाट केन्द्रीय मन्त्री मेनका गान्धी सुल्तानपुरबाट मैदानमा छिन् । यो क्षेत्रमा कांग्रेसका संजय सिंह भिडन्तमा छन् । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ