arrow

‘होलीमा अवाञ्छित कार्य गर्नेलाई १० हजार जरिवाना, १ वर्ष कैद’

‘७ गुणा बढी प्रहरी परिचालन’,मापसे गरेर सवारी हाँक्नेलाई सशक्त कारबाही

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
holi-new-photo.jpg.jpeg
काठमाडौं । रंगहरुको पर्व तथा मेलमिलापको पर्व होलीमा हुने अवाञ्छित कृयाकलापलाई मध्य नजर गर्दै काठमाडौं उपत्यकाका तीनै प्रहरी कार्यालयहरुले ‘विशेष सुरक्षा अभियान’ सुरु गरेका छन् । पहाड र तराईमा छुट्टा–छुट्टै दिन मनाईने होलीको दुई दिन अगावै प्रहरीले कडाई सुरु गरेको हो । पहाडमा होली ९ गते मंगलबार परेको छ । भोली पल्ट तराईमा मनाउने चलन छ । 
 
होलीलाई मर्यादित र मेलमिलापको पर्व बनाउन आग्रह गर्दै उपत्यकाका तीन बटै प्रहरी प्रमुखहरुले संयुक्त पत्रकार सम्मेलन गरी आइतबार अभियान घोषणा गरे । ट्राफिक प्रहरी महाशाखा बग्गीखानामा आयोजित पत्रकार सम्मेलनमा तीन वटै प्रहरी प्रमुखहरुले सार्वजनिक स्थलमा मदिरा सेवन गर्ने, बाटोमा हिड्नेलाई जबरजस्ती लोला हान्ने, फोहर पानी–हिलो छ्याप्ने र हातमा बियरका बोटल बोकेर वितण्डा मच्चाउँदै हिड्नेलाई सार्वजनिक अपराध अन्तर्गत मुद्दा चलाउने बताए । 
 
कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख एसएसपी विक्रम थापा, भक्तपुर प्रहरी प्रमुख एसपी किरण बज्राचार्य र ललितपुर प्रहरी परिसरका एसपी अशोक सिंहले होलीका नाउमा वितण्डा गर्नेलाई नछोडिने बताए । महानगरीय प्रहरी परिसर काठमाडौं प्रमुख थापाले भने, ‘होली मेलमिलापको पर्व हो, मेलमिलापकै रुपमा मनाउनु पर्दछ, होलीको आफ्नै संस्कार छ, तर त्यो संस्कार विर्सने र उत्ताउला हर्कत गर्ने कसैलाई पनि हामीले छोड्दैनौं ।’ होली भन्दै, गाँजा, भाङ, रक्सी सेवन गर्ने र विक्रिवितरण गर्ने दुवैलाई कारबाही हुन्छ । रक्सी बेच्नेले पसल अथवा होटलमा राखेर सेवन गर्न दिने छैनन्, थापाले भने, ‘त्यसो गरेको भेटिए कडा बारबाही हुन्छ ।’ यद्यपि, घरमा लगेर खानेहरु भने कारबाहीको दायरामा पर्ने छैनन् । 
 
सार्वजनिक स्थल अर्थात बाटोमा कसैले नसाजन्य पेय पदार्थ अर्थात् भाङ, धतुरो केही सेवन गर्न पाउने छैनन् । विक्रि वितरणमा समेत कडाई गरिएको छ । थापाले भनेका छन्, ‘हामीले सूचना गरिसेका छौं, माइकिङ्ग पनि गर्दै छौं ।’ हामीले गरेको आग्रहको बेवास्ता गर्दै उश्रृंखल क्रियाकलाप गरे १० हजार जरिवाना देखि एक वर्ष सम्म कैद सजाय हुनेछ । घटनाको प्रकृति हेरी दुवै सजाय समेत हुन सक्छ । विक्रि गर्नेको हकमा समेत सार्वजनिक अपराध अन्तर्गत कानुनी कारबाही हुनेछ । 
 
मापसे गर्नेलाई झन् कडाई
मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरु प्रहरीको बढी फन्दामा पर्ने छन् । होलीमा अन्य समय भन्दा अझ बढी कडाई हुनेछ । महानगरीय प्रहरी परिसर ललितपुर प्रमुख एसएसपी पिताम्बर अधिकारीले भने, ‘मापसे गरेर सवारी हाँक्नेलाई बढी कडाई गरीनेछ ।’ विगतमा होलीका नाममा अवाञ्छित क्रियाकलाप मात्र नभई दुर्घटना समेत भएको भन्दै अधिकारीले भने, ‘अन्य समयको तुलनामा ७ गुणा बढी सुरक्षाकर्मी परिचालन हुन्छ ।’ चोक–चोकमा सुरक्षाकर्मी रहने छन् । जबरजस्ती लोला हान्ने, भाङ –धतुरो मिसिएका चिजहरु समेत नखान भनिएको छ । त्यसो गरेको पाइए सार्वजनिक अपराधको कारबाही हुनेछ ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ