arrow

१२ गाविसमा उत्थान परियोजना सुरु

logo
प्रेम रौले,
प्रकाशित २०७२ चैत ७ आइतबार
Bajura-hamrakura.jpg.jpeg
बाजुरा ।  जिल्लाका उत्तरी र दक्षिणी भेगमा रहेका १२ गाविसहरुमा उत्थान परिययोजना सुरु भएको छ । गाविसमा रहेका असहाय, गरिव र जेहेन्दार विद्यार्थीहरुले विद्यालयमा पढ्न नपाएका हरुको खोजी र विद्यालयहरु छाडेकाहरुलाइ स्कुलमा पठाउन सहयोग गर्नका लागि उक्त कार्यक्रम संचालन गरिएको पीसविन बाजुराका निमित्त कार्यक्रम प्रबन्धक मोहनराज जैशीले बताएका छन् । 
 
जिल्लाका वाइ,जगन्नथा,पाण्डुसैन,कोटिला,बह्मतोला,छतारा लगायतका गाविसमा संचालान भएको हो । परियोजनाले शिक्षा,सिप विकास,आर्थिक गतिविधी मार्फत सिर्जना गरेर बञ्चितिकरणमा परेका बालबालिकाहरु  र युवाहरुको आर्थिक अवस्पथा  सुधार्ने पपिरयोजनाको  लक्ष्य रहेको छ । परियोजना सन् २०१६ देखि सन् २०२० सम्म लागु हुने पीसविन बाजुराले जनाएको छ ।
 
जिल्लामा रहेका बाल समुह युवा समुहहरुलाइ जीवनपयोगी सिप सिकाउने लक्ष्य परियोजनाको रहेको छ । परियोजनामा बाल क्लव युवा र शिक्षा, युवा उद्यमशिलतामा ६४ लाख ४० हजार ७ सय ९७ रुपैया एक वर्षमा खर्च गर्ने जनाएको छ । सेभ द चिल्ड्रेनको साझेदारीमा उक्त कार्यक्रम सुरु भएको पीसविन बाजुराले जनाएको छ । कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले कार्यक्रम सही र जसका लागि आएको उसैमा लागु गर्नुपर्ने बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ