arrow

आमा सोनियासँगै प्रियंका र श्रीमान् वद्राले गरे मतदान

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
priyanka4.jpg

नयाँ दिल्ली ।भारतीय राष्ट्रिय काँग्रेसका प्रभावशाली नेतृद्वय सोनिया गान्धी र प्रियंका गान्धीले आइतबार दिल्लीमा मतदान गरेका छन् । भारतमा भइरहेको लोकसभा निर्वाचन अन्तर्गतको छैठौँ चरणको मतदानका दिन उनिहरुले मतदान गरेका हुन् ।

आमा सोनिया र छोरी प्रियंकासँगै प्रियंकाका श्रीमान् रोबर्ट वद्राले पनि मतदान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।काँग्रेस महासचिव समेत रहेकी प्रियंकाले लोकतन्त्र बचाउने पक्षमा आफुले मतदान गरेको प्रतिक्रिया दिइन् ।

आइतबार उत्तर प्रदेशका १४, हरियाणाका दश, मध्यप्रदेश, बिहार र पश्चिम बंगालका आठ–आठ, नयाँ दिल्लीका सात र झारखण्डका चार निर्वाचन क्षेत्रमा मतदान भएको छ ।

भारतमा गत अप्रिल ११ देखि यस पटकको लोकसभा निर्वाचन भइरहेको छ । सात चरणमा हुने केन्द्रीय निर्वाचनको अन्तिम चरण यही मे १९ मा सम्पन्न हुनेछ । यसअघि अप्रिल १८ मा दोस्रो चरणको, अप्रिल २३ मा तेस्रो चरणको, अप्रिल २९ मा चौथो चरणको र यही मे ६ तारिखका दिन पाँचौँ चरणको निर्वाचन भएको छ ।

आगामी मे १९ तारिखका सातौं तथा अन्तिम चरणको निर्वाचन भएको चार दिनपछि अर्थात आगामी मे २३ मा मतगणना हुनेछ ।एएनआई



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ