arrow

पोखरामा गिरिजाको सम्झना

logo
प्रकाशित २०७२ चैत ७ आइतबार
Girija-koirala.jpg.jpeg
पोखरा । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको सातौँैं वार्षिक स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियन कास्कीले एक कार्यक्रम गरी कोइराला समकालीन राजनीतिको शिखर व्यक्तित्व भएकामा जोड दिएको छ । नेपाली राजनीतिमा २००३ सालको मजदुर आन्दोलनबाट क्रियाशील कोइरालाले आफ्नो राजनीतिक यात्रामा ०६२–६३ सम्म आइपुग्दा भिन्न विचार र दृष्टिकोणका राजनीतिक दललाई पनि एकसाथ लिएर देशलाई गणतन्त्रको यात्रामा अघि बढाउन भूमिका निर्वाह गरेको कार्यक्रममा औँल्याइयो ।  
 
काँग्रेस नेत्री एवम् सांसद शारदा पौडेल नेपालको लोकतन्त्रको आन्दोलनमा कोइरालाले गर्नुभएको योगदानका कारण देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा अघि बढेको बताइन् ।  नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसीले नेपालको लोकतान्त्रिक परिवर्तनको नेतृत्व गरेका कोइराला काँग्रेसको मात्र नभएर समग्र राष्ट्रको नेताका रुपमा आफ्नो पहिचान बनाउन सफल बनेको बताए । 
 
प्रेस युनियन केन्द्रीय उपाध्यक्ष रमेश पौडेलले कोइरालाको पहल नभएको भए नेपालमा कुनै पनि हालतमा लोकतान्त्रिक गणतन्त्र आउन नसक्नेमा जोड दिए । युनियनका महासचिव अजयबाबु शिवाकोटीले ०६२–६३ को आन्दोलनका उपलब्धि संस्थागत गर्न पनि कोइरालाले देखाएको सहमति सहकार्य र एकताको मार्गलाई आत्मसात् गर्नुपर्ने बताए । नेपाल पत्रकार महासङ्घ कास्कीका सचिव त्रिभुवन पौडेलले १२ बुँदे समझदारी हुँदै ०६२–०६३ को आन्दोललाई अन्तिम निष्कर्ष दिन कोइरालाले खेलेको भूमिका अत्यन्त महत्वपूर्ण भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ