arrow

बेलायतका सम्भावित गभर्नरमा आधा 'विदेशी अर्थशास्त्री', इतिहास रच्ने दाउमा महिलाहरु

logo
प्रकाशित २०७६ वैशाख २९ आइतबार
BOE-candidate.jpg

काठमाडौं । बैंक अफ बेलायतको गभर्नरको लागि विभिन्न ६ जना अर्थशास्त्रीहरुबीच कडा प्रतिस्पर्धा सुरु भएको छ । यही अक्टोबर महिनामा छनोट गरेर जनवरीदेखि नियुक्ति दिईने सो पदका लागि ३ विदेशी सहित ६ जनाको नाम अन्तिम अन्तिम सूचीमा समेटिएका हुन् । 

बैंक अफ इङ्ल्याण्डको हालका गभर्नर क्यानेडियन अर्थशास्त्री मार्क कार्नीको पदावधि २०१९को अन्तिमसम्म मात्रै रहेकोले उनको ठाउँमा यहि अक्टोबरको अन्तिमसम्म गभर्नर चयन भईसक्नुपर्ने प्रावधान रहेको छ । यसको लागि ३ जना बेलायती नागरिकहरु, भारतका रघुराम राजन सहित युगाण्डाकी सृटी वाडेरा र इजिप्टकी मिनोज साफिकको समेत नाम अन्तिम ६ मा छनोट भएको छ । 

दुई महिला सहित कूल ६ जनाको नाम मध्ये भारतीय नागरिक रघुराम राजन दोस्रो स्थानमा छन् भने अन्य दुई गैर बेलायती महिला उम्मेदवारहरु गभर्नर बन्न सके भने बेलायतमा पहिलो महिला गभर्नरको रुपमा इतिहास रचिन्छ । यस अघि पनि सिफारिक धेरै पटक भएको भएपनि कोही पनि महिलाहरु गभर्नर बन्न सकेका छैनन् । 

विभिन्न बैंकहरुको प्रमुखको रुपमा लामो समयसम्म काम गरेका एन्ड्र बेली पनि यो पदको लागि उम्मेदवार रहेका छन् । बेलायतकै फाईनान्सियल कन्डक्ट अथोरिटीमा २०१६मा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी विश्वका नामुद बैंकहरुमा नियमन र वित्तीय स्थिरीकरणको पक्षमा काम गरिसकेका व्यक्ति हुन् । 

त्यस्तै, सोही बैंकमा नियमन सम्बन्धी डेपुटी गभर्नर समेत बनिसकेका ५४ वर्षीय बेल बोन्डबेन्ट पनि अहिले गभर्नरकोलागि दौडमा छन् । बेलायतमा उच्च सम्मानीय अर्थशास्त्रीको रुपमा मानिने उनले अहिले बैंकको वर्तमान सुक्ष्म अर्थशास्त्र तर्फको काम गरिरहेका छन् । 

६५ वर्षीय जोन कन्लिफ पनि नयाँ गभर्नरको लागि दौडमा रहेका छन् । बैंकको वित्तीय स्थायित्व सम्बन्धी हेर्ने डेपुटी गभर्नर समेत रहेका उनी अहिले बैंकको नीति निर्माण गर्ने समितिको प्रमुखको रुपमा रहेका छन् । उनी सो बैंकमा लामो समयसम्म काम गर्ने अधिकारीको रुपमा समेत चिनिन्छन् । उनको बैंकका सबै जसो विभागहरुमा काम गरिसकेको अनुभव छ । 

रघुराम राजन भारतीय केन्द्रीय बैंकका पूर्व गभर्नर समेत रहेका राजन सिकागो विश्वविद्यालयका प्राध्यापक समेत हुन् । उनलाई विश्वको उत्कृष्ट आर्थिक योजनाकारको रुपमा पनि चिन्ने गरिन्छ । भारतीय अर्थ व्यवस्थामा काम गरिरहने उनी अन्तराष्ट्रिय मुद्रा कोषमा समेत काम गरिसकेका व्यक्तिल हुन् । 

मिनौच साफिक बैंक अफ ईङ्ल्याण्डकी बैंकिङ तथा बजार सम्बन्धी हेर्ने डेपुटी गभर्नर बनिसकेकी व्यक्ति हुन् । ईजिप्टमा जन्मिएकी उनी २०१४ देखि २०१७ सम्म सो पदमा रहेकी हुन् । अन्तराष्ट्रिय मुद्रा कोषको डेपुटी प्रबन्ध निर्देशक बनिसकेकी उनी एउटा उत्कृष्ट व्यवस्थापकको रुपमा समेत चिनिन्छ । 

त्यस्तै, युगाण्डामा जन्मिएकी सृटी वाडेरा निजी क्षेत्रमा लामो समयसम्म काम गरेकी अर्थशास्त्री हुन् । उनी पूर्व प्रधानमन्त्री गोर्डन ब्राउन्सको सरकारकी व्यवसाय सम्बन्धी हेर्ने मन्त्री समेत बनिसकेकी छिन् । उनी पनि बेलायतमा एक गन्यमान्य अर्थशास्त्रीको रुपमा चिनिने गर्दछिन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ